site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विखण्डनको खतरा : नेपालमा कि भारतमा ? 

हुनत एक्काइसौंं शताब्दीमा देश टुक्रिने क्रम र सम्भावना कम छ । तैपनि मानिसहरू नेपाल चाँडै टुक्रिन्छ भनेर कराइ राख्छन् । नेपालका असन्तुष्ट नेताहरूले त यसलाई टुक्य्रार्ई छाड्छौंँ भनेर पनि लागेका छन् । कतिपय विश्लेषकहरूले पनि नेपाल टुक्रिने जोखिम धेरै देखेका छन् । यसको मुख्य कारणमा मधेसको समस्यालाई नै देखाउने गर्दछन् । सीके राउतले त ‘आजादी’ को नारा नै लगाउने गर्छन् ।

यसैबाट सतर्क भएर नेपाली सेनाले बारंबार नेपाललाई जोगाई राख्ने सार्वजनिक प्रण गरेको देखिन्छ । परिस्थिति बिग्रंँदै गयो भने कुनै दिन सेना परिचालन गर्ने अवस्था पनि आउन सक्छ । तर, त्यस्तो स्थिति निकट भविष्यमा आउने संकेत देखित्र । 

त्यसको कारण पनि मधेस नै हो । संघीयताअन्तर्गत २ नम्बर प्रदेश खडा गरिएको छ । यहाँ प्रदेश सरकार पनि गठन भइसकेको छ । मधेससित विशेष सम्बन्ध राखिरहेका राष्ट्रिय जनता पार्टी र संघिय समाजवादी पार्टीको संयुक्त सरकार बनेको छ । यसले धेरै हदसम्म मधेसको माग पूरा भएको छ । जे भए पनि यी दल र तिनका नेताले देश टुक्य्राउने कुरा गरेका छैनन् । नेपालभित्र नै रहेर आफ्नो हकहितका लागि लड्ने प्रण गरेका छन् । संघात्मक व्यवस्था संचालन गर्न अनेक आधिकारिक, आर्थिक र राजनीतिक कठिनाइ सृजना हुने प्रायः निश्चित छ ।

Prabhu Bank
Agni Group
NIC Asia

केन्द्र र प्रदेशबीचको संघर्ष र स्थानीय निकाय र केन्द्र एवं प्रदेशबीचको संघर्ष पनि अनिवार्य देखिन्छ । ती संघर्षहरूबाट राज्यमा अशान्ति र खैलाबैला हुनेछ र देशको नै विखण्डनको प्रयत्न पनि हुनसक्छ । तर, त्यति सारो मूर्खता कसैले गर्ला भनेर अहिले सोच्न सकित्र ।

राजपा र संसपाले माग गरेका संवैधानिक संशोधन अहिले पनि एएटा जटिल विषय भएर बसेको छ । त्यसमा खासगरी जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने, बाबु वा आमा नेपाली हुनेबित्तिकै भारतबाट विवाह गरेर ल्याइएका दुलहीहरुलाई वंशजे नागरिक सरहको मान्यता दिनुपर्ने र नागरिकता सहजरूपमा बाँडिनु पर्ने आदि माग छन् । ती माग नाजायज होइनन् तर तिनले एउटा आशंका उब्जाएका छन् ।

Global Ime bank

ती कदमबाट भारतीयहरू नेपालमा सहजरूपमा आउन पाउने, बसोबास गर्न पाउने र नागरिकतासमेत लिन पाउने अवस्था आउँछ । यसले कालान्तरमा भारतीय आप्रवासीको बहुमत हुन जान्छ र नेपालको अस्तित्व र एकतामा नै असर पर्छ भत्रे डर उत्पत्र भएको छ । यो भारत र नेपालको सिमान खुला रहुन्जेलमात्र सम्भव हुन्छ । वास्तवमा भारत र नेपालबीचका कुनै पनि सन्धिसम्झौतामा आपसी सिमान खुला राख्ने कतै उल्लेख भएको छैन । यो एउटा परम्परामात्र बनेको हो । कुनै समय थियो जुनबेला नेपाल र भारतको सिमाना ओहोरदोहोर गर्नु खतरनाक थियो ।

चारकोसे जंगल बाक्लो थियो । हिंस्रक जनावरले भरिएको थियो । खेतीपाती सीमित थियो । त्यो बेला दुई देशको सिमाना प्रकृतिबाट नै सुरक्षित थियो र आवतजावत सीमित थियो । नेपालबाट काठ जडिबुटी आदि बस्तु अनियन्त्रितरूपमा ओसार्न र नेपाली युवालाई फौजमा भर्ती गर्न अंग्रेजहरूले नेपालसंँगको सिमाना खुला राख्ने प्रचलन ल्याएका थिए । तर, आजको परिवेशमा खुला सीमानाले नेपालको मात्र होइन भारतको पनि उत्ति नै हानि नोक्सानी गरिरहेको छ । भारतले आफ्नो सुरक्षा गर्न सुरक्षा बल तैनाथ गरेको छ ।

आफूलाई आवश्यक परेको बेला सो सिमाना नियन्त्रण गर्ने गरेको छ । तर, नेपालले न पुग्दो सुरक्षाकर्मी खटाएको  छ न कुनै किसिमले नियन्त्रण नै गर्न सकेको छ । यो सिमानालाई नियमन गर्ने भनेर अनेक माग र जन दबाब दिइएको छ । तर, यसमा कुनै कदम चालिएको छैन । जुन दिन यो सिमाना नियमन हुन्छ त्यस दिन मधेसी दलका सबै माग पूरा गरिदिए हुन्छ । सिमाना खुला रहँदासम्म भने आशंका जिउँदो रहन्छ र अनेक समस्या उब्जाउँछ । 

विगत ५०– ६० वर्ष नेपालमा अनेक उथलपुथल भए । माओवादीको १० वर्षे सशस्त्र विद्रोह हुँदा देशको विखण्डनको कुरा निस्केन । यस्तै २४० वर्ष पुरानो राजतन्त्रको अन्त्य हुँदा पनि देश टुक्रिने चर्चा भएन । विडम्बना, देशको विखण्डनको सन्देह नेपालमा प्रजातन्त्र आएपछि मात्र भएको हो । त्यसमा पनि वाक् स्वतन्त्रता बहाली भएपछि यसको विवाद र चर्चा भएको हो । 

नेपालको विखण्डनकारी सम्भावनाका तुलतामा भारतको विखण्डनकारी अवस्था धेरै भयानक देखिन्छन् । हुन पनि भारत भत्रे मुलुक एकबाट दुई र दुईबाट तीन देशमा विभक्त भएको हाम्रै जीवनकालमा देखेका छौंँ । त्यसमा पनि कासिमरको निरन्तर समस्याले अरू विभक्त हुने जोखिम देखिन्छ । कास्मिरकै कुरा गर्दा पनि यो तीन चार भागमा बाँडिएको छ । चर्चा भारतीय कस्मिर र पाकिस्तानी कस्मिरको हुन्छ । तर, यसको एक भाग तिब्बत (चीन)मा छ भने अर्को भाग ताजिकिस्तानमा परेको छ । कस्मिर संसारको सबभन्दा जटिल समस्या हो ।

यो समस्या सुल्झाउन कुनै मुलुकले मध्यस्थता गर्ने कुरा गर्यो भने त्यसलाई स्वीकार गरिँदैन । यो भारत र पाकिस्तानबीचको समस्या हो हामी आफैँले कुराकानीबाट सुल्झाउँछौं भनिन्छ । उनीहरू बीचमा कुरा कहिले मिल्दैन । यही विषय चर्किएर भारत र पाकिस्तानबीच दुईवटा युद्ध भइसकेको छ । तर, त्यसबाट पनि यसको समाधान हुनसकेन । हुँदाहुँदा दुवैले एक अर्कामाथि आणमिक बम सोझ्याएर बसेका छन् ।

भारत र पाकिस्तान मिले पनि यहाँका जनताको आकांक्षा अर्कै भइसकेको छ । कस्मिरलाई स्वतन्त्रता दिनुपर्ने आवाज दिनप्रतिदिन बढ्दो छ । भारतका लागि यो सबभन्दा जटिल समस्या भएर बसेको छ । यसले गर्दा आतंकवादको सिकार र नोक्सानी बेहोर्नु परिरहेको छ । भारतका लागि अर्को खतरा यसका पूर्वी उत्तर भागका राज्य हुन् । यस भागबाट भारतको विखण्डन हुनसक्ने खतरा बारे भारतीय सरकार र नेताहरूले बारम्बार चिन्ता व्यक्त गर्नेगरेका छन् । 

हुनत उत्तर र दक्षिण भारत एक ढिक्का भएर बसेको देखापर्छ तर भित्रभित्र यी दुई भागका जनताबीचमा पनि अनेक चिरा पैदा भइरहेका छन् । भारत सरकारले बनाएको एउटा वित्तीय कमिसनले यो चिरालाई अरू चर्काउने काम गरेको छ । यस वित्तीय कमिसनले केन्द्रीय सरकारबाट भारतका प्रान्तहरूलाई दिइने वार्षिक आर्थिक सहयोगको आधार निश्चित गर्नेगरेको छ । पन्ध्रौं वित्त आयोगले सन् १९७१ को जनसंख्याको साटो २०११ को जनसंख्याको आधार लिएकोछ । यसबाट सबभन्दा धेरै मर्का दक्षिणका दुई राज्य तामिलनाडु र केरलालाई पर्न गएकोछ ।

उनीहरु प्रत्येकले भारु ६ हजार करोड कम पाउने भएका छन् । यसको अर्थ पहिलेको तुलनामा उनीहरुले ७० प्रतिशत सहयोग कम पाउने छन् । यो घट्नुको मुख्य कारण उनीहरूको जनसंख्या कम हुनु हो । ती दुई राज्यले महिला साक्षरतामा जोड दिएकाले नाटकीय ढंगले जन्मदर घटेको हो । त्यसमा पनि उनीहरूले स्कुलमा खाजाको व्यवस्था गरिदिएकाले स्कुल जाने केटीहरूको संख्या बढ्न गएको हो । यसबाट जन्मदरमा ठूलो फरक परेको हो ।

जुन कुरामा सफलता गरेबापत पुरस्कार दिनुपर्ने हो त्यसैको कारणले यी दुई राज्यलाई सजाय दिन थालिएको छ । उनीहरुले पाउने वित्तीय सहायता घटाइने भएको छ । यसबाट ती राज्यमा ठूलो असन्तुष्टि र विद्रोहको भावना पैदा भएको छ । अर्कोतिर उत्तर प्रदेश र बिहारजस्ता राज्यले जनसंख्या कम गर्ने खासै प्रयत्न गरेको देखित्र । तर, तिनले नै सबभन्दा ठूलो भाग पाइरहेका छन् । यसबाट चिढिएर दक्षिणका राज्यहरुले यस्तो अन्याय हुन थालेपछि भारत राज्यमा नै किन बसिराख्ने भत्रे प्रश्न गर्न थालेका छन् । विखण्डनका दृष्टिबाट नेपालको भन्दा भारतको खतरा चर्को देखिँदैन त? 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०७४  ०९:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC