site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
पोखरा । न्यु डायमन्ड एकेडेमीले लगातार चौथो पटक लामाचौरमा भएको राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ । 
आइतबार डायमन्डले विभागिय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३०–२८, २५–१५ र २५–२० ले हरायो । डायमन्डको जितमा सर्वाधिक स्कोर जोडेकी प्रतिभा मालीले २५ स्कोर गरिन । यसैैगरी डायमन्डकी कप्तान ललिता नाथले ८ स्कोर गरिन । पनमिका राईले ७ स्कोर गरिन ।
 
आइतबार पोखरा लामाचौरमा भएको खेलमा डायमन्डी सेटर कृपा अधिकारी, लिबेरो सलिना श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरेको थिए ।  समिक्षा घिमिरेले डिफेन्समा उत्कृष्ट बचाउ गरिन । सबिता लोले सर्भिसबाट ३ अंक लिदै एपिएफका खेलाडीलाई निराश बनाएकी थिइन ।
 
यसैगरी एपिएफले भने पुन एक पटक लामाचौरमा खराब प्रदर्शनलाई निरन्तरता दियो । एपिएफ यसप्रतियोगितमा मुख्य स्पाइकर सरस्वती चौधरी बिना खेलिरहेको छ । एपिएफकी रेश्मा भण्डारीले १२ स्कोर, नेविका चौधरीले १२ र उषा विष्ट ५ स्कोर गरेपनि टोलीलाई हारबाट जोगाउन सकेनन ।
 
प्रतियोगिताको सर्वोकृष्ट खेलाडिको उपाधि प्रतिभा मालीले जितिन् । यसैगरी उत्कृष्ट क्विकर डायमन्डकी ललिता नाथ, उत्कृष्ट सेटर कृपा अधिकारी, उत्कृष्ट डिफेन्स सलिना श्रेष्ठ र उत्कृष्ट प्रशिक्षक कुमार राई चुनिय ।
 
एपिएफकी रेश्मा भण्डारी उत्कृष्ट स्पाइकर बन्दा आर्मीकी मनिषा खाँड उत्कृष्ट ब्लकर चुनिइन । पश्चिमाञ्चलको टप्स स्कुलकी अरुणा शाही उत्कृष्ट सर्भरबाट सम्मानित भइन ।
 
यसैैगरी घरेलु टोेली पश्चिमाञ्चलको टप्स स्कुलले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको छ । टप्सले आर्मीलाई २५–१६, २५–१२, २५–१५ ले हरायो । टप्सको जितमा स्पाइकर अरुणा शाहीले उत्कृष्ट प्रदर्शन गरिन ।
प्रतियोगिताको विजेता डायमन्डले ७५ हजार, एपिएफले ५० हजार र टप्सले २० हजार रुपैया पायो । विजेतालाई आयोजक नवआदर्श सामुदायिक विकास समाजका अध्यक्ष धर्ममान सिंह भण्डारीले, नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्द, आयोजक संस्थाकी सचिव लक्ष्मी क्षेत्री पाण्डे लगायतले पुरस्कृत गरे ।
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १९, २०७३  २०:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC