अर्थ व्यवसाय
काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले हालै नौलो र आकर्षक स्वरुप भएको स्ट्यान्डीङ्ग चेस्ट फ्रिजर बजारमा ल्याएको छ । यो फ्रिजर २७० लि.को क्षमतामा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
चेस्ट फ्रिजरहरुमा जस्तै –१८ डिग्री सेल्सियस सम्मको चिसोको प्रयोग गरि खानेकुराहरुलाई स्वच्छ र ताजा बनाउन सकिने कम्पनीले जनाएको छ ।
यो हेर्दा रेफ्रिजेरेटर जस्तै देखिने भएकोले अब यसको लागि धेरै ठाउँ बनाउन नपर्ने कम्पनीको दाबी छ ।
बिशेषगरि यो अस्पताल, औषधी पसल र डेरी पसलहरुको लागि एकदमै उपयुक्त भएको र ३६ महिनाको वारेण्टी पनि यसमा रहेको सि.जी.का प्रोडक्ट प्यालिङ्ग म्यानेजर रितेश चौधरीले बताए ।
प्रकाशित मिति: सोमबार, माघ २९, २०७४ १३:५७
प्रतिक्रिया दिनुहोस्