site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
कञ्चनपुर। पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको अर्जुनी क्षेत्रमा यात्रुवाहक बसको ठक्करबाट आज बिहान दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । 
 
कञ्चनपुरको भीमदत्तनगरबाट डडेल्धुराको जोगबुढाका लागि यात्रु लिएर हिँडेको ना ५ ख १४१५ को महाकाली यातायात व्यवसायी समितिको बसले अर्जुनीस्थित शुक्लाफाँटा वन्यजन्तु आरक्ष क्षेत्रमा पर्ने राजमार्गमा बिग्रिएर रोकिएको सुदूरपश्चिम यातायातको बसलाई ठक्कर दिँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो । 
 
ठक्करबाट बस मर्मत गर्ने मिस्त्री कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लाका ३० वर्षीय मदन पन्त र ना ४ ख ४०३५ नम्बरको सुदूरपश्चिम यातायातका बस धनी कैलालीको अत्तरियाका ५५ वर्षीय पदम रोस्याराको घटनास्थलमै मृत्यु भएको हो । 
 
सुदूरपश्चिम यातायाताको ना ४ ख ४०३५ नम्बरको बस मङ्गलबार बिग्रिएपछि उक्त बसका धनी मृतक रोस्याराले आज बिहान भीमदत्तनगरबाट बसको मर्मतका लागि मिस्त्री मदन पन्तलाई लिएर अर्जुनी पुगेका थिए । मिस्त्री बसको मुनि बसेर बनाइरहेका थिए भने बसधनी रोस्यारा छेउमा उभिएका बेला भीमदत्तनगरबाट गएको ना ५ ख १४१५ नम्बरको बसले ठक्कर दिएपछि दुवै जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । 
 
त्यसैगरी, बसले राजमार्गमै गुडिरहेको से १ च १२७५ नम्बरको स्कारपियो जिपलाई समेत ठक्कर दिएको छ । ठक्कर दिने बसका केही यात्रु घाइते भएका छन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक सुदाम रावलसहित प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेको छ । 
 
दुर्घटनामा परी विष्णु भाट र भारदा भुल गम्भीर घाइते भएको तथा उपचारका लागि कैलालीको अत्तरियातर्फ रिफर गरिएको छ भने बाँकी घाइतेको अवस्था सामान्य रहेको छ । रासस 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २२, २०७३  ११:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC