site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भूकम्पपीडितलाई दिने भनेको थप एकलाख नयाँ बजेपछि : सीईओ भुसाल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय पूनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले भुकम्प पीडितलाई थप एक लाख दिने सरकारको निर्णय नयाँ सरकार र नयाँ बजेट नआएसम्म दिन नसकिने स्पष्ट पारेका छन् ।

शनिबार रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्राधिकरणका सीईओ भुसालले यस्तो बताएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, “एक लाख रकम थप्ने निर्णय भएको जो कुरा बाहिर आएको छ, यसबारे हामीकहाँ हिजोको मितिसम्म कुनै जानकारी आएको छैन्, यदि निर्णय गरेर हामीकहाँ आयो भने पनि यो रकम दिन यो आर्थिक वर्षभित्रै दिन सक्ने सम्भावना छैन, अर्को नयाँ सरकार नआएसम्म सम्भव छैन ।”

भुसालले आफू अर्थ मन्त्रालयमा बसेर काम गरिसकेको व्यक्ति भएकोले यो वर्ष थप रकम दिन नसकिने जिकिर गरे । उनले भने, “यो थप दिने भनिएको एक लाख रकम यो वर्ष दिनै सकिँदैन, नयाँ बजेट आएपछिमात्रै सम्भव छ, अहिले छैन, किनकी यो नन–बजेटरी रकम हो ।” 

Global Ime bank

उनले पुनर्निर्माणका कार्यहरु दु्रत गतिमा भैरहेको पनि जानकारी दिए । पीडितका आँशु पुछने गरी आफूहरुले काम गरिरहेको उनले विश्वास दिलाए । उनले भने, ‘आउने वैशाख १२ गते भुकम्प दिवस पनि हो, त्यतिवेला अर्को नतिजा दिनेगरि केही योजनासहितका काम गर्छौं ।”

त्यस्तै उनले यही माघ मसान्तभित्रै १ लाख घर निर्माण भैसक्ने र ३ लाख निर्माण जारी राख्ने विश्वास दिलाए । उनले प्राधिकरणलाई अझै १३ अर्ब रुपैयाँ आवश्यक पर्नसक्ने पनि जनाए । 

आफूहरु यो बीचमा आउने सबै खाले गाँठाहरु फुकाउँदै अघि बढिरहेको उल्लेख गर्दै उनले भने, “हामी गाँठाहरु फुकाउने क्रममा छौं, प्राविधिकहरु सदरमुकाममा बस्न रुचाउँछन्, किनकी सुगम हुन्छ, यसले गर्दा पनि गाउँगाउँमा केही समस्या परेको छ, प्राविधिकहरुको अभाव छ, तर यसलाई पनि हल गर्नेगरि हामीले सबै प्राविधिकहरुलाई स्थानीय तहसम्मै पुर्याउनको लागि त्यही अनुसार बजेट विनियोजन गरेका छौं, अतिप्रभावित १४ जिल्ला र प्रभावित १८ जिल्लाका स्थानीय तहहरुमा कर्मचारी खटाएका छौं ।”
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २१, २०७४  ०४:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC