site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

चितवन । भूकम्प लाभान्वितहरुको बसोवास व्यवस्थापनमा सहयोग गर्न खटिएका इन्जिनियरहरु यतिबेला बेखर्ची बनेका छन् । दुई महिनादेखि तलब नपाएको भन्दै उनीहरुले बेखर्ची भइरहे आफूहरु जागिर छाड्ने बताएका छन् ।

केन्द्रीय कार्यालयबाट तलब निकासा भइसके पनि दुई महिना बित्दासमेत तलब हात नपरेपछि चितवन र नवलपरासीका इन्जिनियरहरुले दुखेसो पोखेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कावासोती क्षेत्रमा खटिएका इन्जिनियर ज्ञानु रिमालले गुनासो गर्दै भने, “घरमा छोरा इन्जिनियर छ, सरकारी जागिर खा’छ भनेर आशा गर्छन्, हामी भने साथीभाइसँग सापटी मागेर खर्च चलाउनुपरेको छ ।”

दुई महिनासम्म तलबविहीन भएर बसेको इन्जिनियर सुवास शर्माले बताए । उनी भन्छन्, “तलब सम्बन्धित कार्यालयमा आएको सूचना पाएका छौँ, हातमा भने परेको छैन ।”

Global Ime bank

केही इन्जिनियर तलब नपाएको गुनासो लिएर आएको राष्ट्रिय पुननिर्माण प्राधिकरणका चितवन प्रमुख राजेन्द्र कार्कीले बताउँछन् । उनी भन्छन्, “केहीले तलब नपाए जागिर छाड्छौँ भनेका छन् । इन्जिनियरहरुको मानसिकतामा असर पर्दा कामको गतिमा समेत प्रभाव परेको छ ।”

सहरी विकास तथा भवन निर्माण कार्यालय भरतपुरका प्रमुख झपट थापाले बैंक खाता नभएकाको हकमा तलब खुवाउन गाह्रो परेको बताउँछन् ।

प्रमुख थापा भन्छन्, “तलब ढिला गरी निकासा भयो । अन्य क्षेत्रबाट रमाना लिएर आउनेको हकमा आवश्यक कागजात नआइपुग्दा तलब खुवाउन समस्या परेको हो । बैंक खाता खोलेकाहरुको हकमा तलब खुवाउन सकस्या छैन ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २१, २०७४  ०५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC