site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

म्याग्दी । म्याग्दी रघुगंगा गाउँपालिका–४ दग्नामका मिर्गौला पीडित राजकुमार तिलिजाको उपचारका लागि स्वदेश तथा विदेशमा रहेका दग्नामवासीले रु एक लाख ७७ हजार ९७५ आर्थिक सहयोग गरेको छ । 

२२ वर्षीया तिलिजाको दुवै मिर्गौला फेल भएको कारण उनको उपचारका लागि सञ्चालन गरिएको सहयोग संकलन अभियानअन्तर्गत अष्ट्रेलिया, हङकङ, पोखरा र बेनी गलेश्वरमा बसोबास गर्ने दग्नामवासीको पहलमा सो रकम संकलन गरिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

पीडित तिलिजा परिवारलाई एक कार्यक्रमका बीच आज दग्नाम दरमिजा बेनी–गलेश्वर समाजका सचिव धनिलाल गर्बुजा, उपाध्यक्ष कुलप्रसाद गर्बुजा, सदस्य सरिता गर्बुजाको रोहवरमा सो रकम हस्तान्तरण गरिएको छ । 

तिलिजाको उपचारका लागि आर्थिक स्रोत जुटाउन स्वदेश तथा विदेशमा रहेका दग्नामवासीको पहलमा सञ्चालन भएको अभियानअन्तर्गत अहिलेसम्म रु चार लाख ५० हजार बढी रकम जुटिसकेको छ । काठमाडौँस्थित मनमोहन मेमोरियल मेडिकल कलेजमा डायलासिस गरी उपचार गरिरहेका तिलिजाको मिर्गौला प्रत्यारोपणको प्रक्रियासमेत छिट्टै शुरु हुने पारिवारिक स्रोतले जनाएको छ । 

Global Ime bank

गत कात्तिक ७ गतेदेखि हप्तामा दुई पटक डायलासिस गरी उपचाररत तिलिजाको मिर्गौला प्रत्यारोपणका लागि उनकै आमा पूर्णकुमारी तिलिजाले मिर्गौला दिने प्रायः निश्चित छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २०, २०७४  १७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC