site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिकाले गर्भवती महिलालाई नियमित जाँच गराउनका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरेको छ । 

नियमित चेकजाँच नहुँदा आमा र बच्चाको स्वास्थ्य अवस्थाका बारेमा थाहा नहुने भएकाले सो सुविधा प्रदान गर्न लागिएको हो । यसरी नियमित चेक नहुँदा, पौष्टिकतत्व, भिटामिन, आयोडिनजस्ता कुराको कमी हुन गई आमा र बच्चालाई असर पर्नुका साथै ज्यान नै खतरामा पर्ने बगरकोट स्वास्थ्य चौकीका अहेब मदनराज भाटले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

गर्भवतीलाई आवश्यक खानेकुरा र भिटामिनजस्ता खाद्य पदार्थ अपुग हुँदा उनीहरुलाई असर पर्ने र गर्भास्वस्थाका खतराका बारेमा पनि जानकारी नहुँदा कतिपय गर्भवती आमा र बच्चाको ज्यान अकालमा जाने भएकाले प्रोत्साहन भत्ताको व्यवस्था गरी नियमित जाँच गराउनका लागि सो व्यवस्था गरेको भागेश्वर गाउँपालिका अध्यक्ष कौशिलाकुमारी भट्टले बताए ।  

गर्भ रहेको थाहा भए देखि नै नियमित नजिकको स्वास्थ्य चौकी वा अस्पतालमा आमा चेक गराउन भन्ने उद्देश्यले प्रोत्साहन भत्ताको व्यवस्था गरेको भागेश्वर गाउँपालिकाका अध्यक्ष भट्टले जानकारी गराए ।  गर्भवतीलाई पूर्णरुपले सेवा भोग नगरेको अवस्थामा चार पटकसम्म नियमित चेकजाँच गरेको र प्रसूति सेवा लिई स्वास्थ्य चौकीमा नै गराएको आमालाई रु २०० का दरले पाँच दिनसम्मको भत्ता र खानाको व्यवस्था गरिएको अध्यक्ष भट्टले बताए । रनसस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २०, २०७४  १२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC