site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
छिमेकीको बारीमा काउसो हुर्कियो भने 'रुनु न हाँस्नु' हुन्छ । काउसोमा फल लागेपछि हावाले त्यसको झुस उडाएर ल्याए कति बेला शरीरमा सल्कन्छ थाहै हुँदैन । यसैले काउसोको बेलो देख्नेबित्तिकै छिमेकीलाई बेलैमा सम्झाएर उखेल्न लगाउनु बुद्धिमानी हुन्छ । छिमेकीको बारीको काउसोका बारेमा के भनिरहनु भनेर हिचकिचाइरहने हो भने व्यर्थमा पछि फजिती भोग्नुपर्छ । नेपाल अहिले त्यस्तै फजिती भोग्दैछ । सीमा जोडिएका क्षेत्रमा बढ्दो अपराध र अराजकताको प्रत्यक्ष सम्बन्ध भारतसँग हुन्छ । चीनको तिब्बतमा अशान्ति हुनेबित्तिकै यहाँ शरणार्थीको ओइरो लाग्छ । नेपालले भने अहिलेसम्म भारत र चीनलाई तिमीहरूका कारण नेपाल अप्ठेरोमा परेको छ भन्नै सकेको थिएन । हालै भारतसँग भएको अधिकारीको वार्तामा भारतीय क्षेत्रमा अपराध बढेको र त्यसले नेपालको शान्ति सुरक्षामा पनि गम्भीर प्रभाव पारेको विषय उठाउने निर्णय गरेर बुद्धिमत्ताको परिचय दिइएको छ ।
 
भारत र चीन दुवैले सधैँ नै नेपालको खुकुलो सुरक्षा व्यवस्ताप्रति गुनासो गर्दै आएका छन् । दुई पक्षीय वार्तामा नेपाललाई सुरक्षा व्यवस्था चुस्त बनाउन सल्लाह दिने कार्य कार्य नियमितजस्तै हुन पुगेको छ । चीनले नेपालको सीमा खुकुलो हुँदा तिब्बतीहरू सजिलै नेपाल पस्ने गरेको गुनासो गर्दैआएको छ । तर, चीन स्वयंले आफ्नो सुरक्षा व्यवस्था चुस्त बनाए त तिब्बतीहरू नेपाल पस्नै सक्तैनन् भन्नेमा भने ध्यान दिएको देखिँदैन र नेपाली पक्षले पनि यस विषयलाई कहिल्यै उठाउँदैन । नेपालले तिब्बतीलाई रहरले शरण दिएको वा बोलाएर ल्याएको त हैन । चीन जति शक्तिशाली र प्रभावशाली हुँदै जान्छ तिब्बती शरणार्थीको विषय नेपालका लागि उति नै टाउको दुखाइको विषय बन्न पुग्छ । नेपाल छिर्नै सकेनन् भने तिनले यहाँ चीन विरोधि गतिविधि गर्लान् कि भनेर कसैले पनि टाउको दुखाउन पर्नेछैन । सीमा क्षेत्रमा हुने तस्करी पनि नेपाल वा चीन दुवैतिर मिलेमतो नगरी वा आँखा नछली हुने विषय होइन । भारतसँगको सीमा क्षेत्रको समस्या पनि यस्तै हो ।  केही पहिले भारतको बिहार राज्यमा मदिरा निषेध गरिएपछि मादक पदार्थ सेवन गर्नेहरू नेपालतर्फ आउनथालेका छन् । गुट्काका हकमा पनि यस्तै भएको छ । यिनका सम्बन्धमा पनि कुनै दिन नेपालले नै खप्की खानुपर्ने हुनसक्छ । अर्थात्, भारतका जँड्याहा वा सुर्तीवाजको झमेला नेपाली सुरक्षाकर्मीले बेहोर्नु परेको छ । यो छिमेकीको बारीको काउसोका बारेमा बेलैमा खबर नगरेको फल नेपालले भोगिरहेको हो । 
 
यसैले भारतसँगको दुई पक्षीय वार्तामा भारतीय अपराधी र असामाजिक तत्त्वका कारण नेपालमा सुरक्षा समस्या थपिएका सम्बन्धमा नेपाली पक्षले स्पष्ट र दह्रोसँग आवाज उठाउनु बुद्धिमानी हुनेछ । नेपालमा अपराध गरेर भारतमा लुकेकोमात्र हैन भारतीय राजनीतिकर्मीको संरक्षणमा रहेको उदाहरणसमेत विगतमा प्रकट भइसकेकै छ । यस्तै सीमावर्ती भारतीय क्षेत्रमा कानुन व्यवस्थामा कडाइ हुँदा नेपालमा समेत अपराधको दर घटेको देखिएको छ । यसैले भारतीय जँड्याहालाई रोक्न नेपालमा रक्सी पसल नराख्ने हैन भारतमै कुनै उपाय गर्नुपर्छ भन्ने ज्ञान भारतीय पक्षलाई दिनु उचित हुनेछ । वार्तामा आवश्यक तयारी नगर्ने र गम्भीर नहुने प्रवृत्तिले नेपालीले शिर निहुराउनु पर्ने हो । नत्र, सही विषय उठाउन र आफ्नो पक्ष राख्न हिचकिचाउनु पर्दैन । सम्पूर्ण जानकारी लिएर वार्तामा बस्ने र राष्ट्रिय हितका विषयमा स्पष्ट अडान राख्ने अभ्यास सुरु गरियोस् । भनिरहनु परोइन चीनका हकमा पनि यही राष्ट्रिय हितको सूत्र लागु हुन्छ । गल्ती नगर्ने हो भने हीनताबोध गर्नु पनि पर्दैन । छिमेकीलाई उनीहरूको बारीको काउसोले हामीलाई चिलाएको जानकारी दिएर समाधान खोज्न सघाउनु नै दुवै पक्षको हितमा हुनेछ ।  
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १८, २०७३  १९:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC