site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

गुलरिया । प्रमुख व्यापारिक केन्द्र राजापुर बजारमा जग्गाधनी पुर्जा वितरण प्रक्रिया शुरु भएको छ । 

लालपुर्जाविहीन राजापुरमा जग्गा दर्ता समितिको कार्यालय खुलेर जग्गाधनी पुर्र्जा वितरणको प्रक्रिया सरकारको २०७४ पुस १३ गतेको निर्णयअनुसार वितरण हुने भएको छ । भूमि सुधार तथा व्यवस्थामन्त्री गोपाल दहितको पहलमा सो निर्णय भएसँगै वर्षौंदेखि जग्गाधनी पुर्जा अभावमा विभिन्न समस्या झेल्दै आएका राजापुरवासीले राहत महसुस गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

पुर्जा वितरणका लागि राजापुरस्थित मालपोत कार्यालयमा बहाल बिटौरी जग्गा दर्ता समितिको कार्यालय स्थापना भई काम अगाडि बढाइएको छ । यतिबेला जग्गाधनीले राजापुर नगरपालिकाबाट सिफारिश लिएर समितिको कार्यालयमा निवेदन दर्तासमेत गर्न थालिसकेका छन् । राजापुर मालपोत कार्यालयका प्रमुख एवं वहाल विटौरी जग्गा दर्ता समिति कार्यालयका अध्यक्ष वागेश्वरदत्त ओझाले जग्गा दर्ता सम्बन्धमा राजपत्रमा उल्लेख भएका कुरा त्रुटिपूर्ण भएकाले सम्बन्धित विभाग तथा मन्त्रालयसँग समन्वय गरी काम अगाडि बढाइने बताए ।  

विसं २०१८ मा बसेको बजारलाई मन्त्री दहितले दुई महिनाभित्र पुर्जा वितरण गरिने बताउनुभयो । “अब संकलन पुर्जा वितरणको प्रक्रिया शुरु भइसकेको छ”, उनले भने, “यस कार्यमा सबैको सहयोग रहे यसले चाँडै पूर्णता पाउनेछ ।” रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २०, २०७४  ०९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC