site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अक्षरा स्कुलमा शैक्षिक प्रदर्शनी, विद्यार्थीले बनाएको ड्रोन उडाइयो
Sarbottam CementSarbottam Cement

काठमाडौं । काँडाघारीस्थित अक्षरा स्कुलले ‘अक्षरा शैक्षिक प्रदर्शनी २०७४’ आयोजना गरेको छ । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले प्रदर्शनी उद्घाटन गरे । प्रदर्शनी उद्घाटन ७ कक्षामा अध्यनरत विद्यार्थी केल्भिन संग्रौलाले तयार गरेको ड्रोन उडाएर गरिएको थियो । 

शैक्षिक प्रदर्शनीमा विद्यालयका सबै विद्यार्थी सहभागी भएर विभिन्न शैक्षिक स्टलहरु राखेका थिए । प्रदर्शनीमा विज्ञान, नेपाली, इतिहास, भूगोल, प्रदेश, जलविद्युत्, सडक, कम्प्युटर, मोबाइल र यससँग सम्वन्धित सफ्टवेयरलगायत गरी ६० स्टल समावेश रहेको विद्यालयकी प्रिन्सिपल अञ्जु भट्टराईले बताइन् । 

विद्यार्थीमा अन्तर्नीहित प्रतिभा उजागर गर्ने र कक्षामा सिकेका कुरा व्यवहारमा उतार्न सो प्रदर्शनी आयोजना गरिएको विद्यालय सञ्चालक समितिका अध्यक्ष राधेश्याम खड्काले बताए । प्रदर्शनी हेर्न काँडाघारी र आसपासका विभिन्न २ दर्जन विद्यालयका विद्यार्थीका साथै अभिभावक तथा अन्य अवलोकनकर्ता आएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia


 

\"\"

Global Ime bank

 

\"\"

 

\"\"

 

\"\"

 

\"\"

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०७४  १३:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC