site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
नियन्त्रण रेखामा किन घातक खेल खेल्दैछन् भारत–पाकिस्तान ?
Sarbottam CementSarbottam Cement

बीबीसी । जम्मू–कश्मीरमा भारत र पाकिस्तानबीच ७७६ किलोमिटर क्षेत्रलाई लिएर विवाद चल्दै आएको छ । सीमांकन समेत हुन नसकेको उक्त क्षेत्रलाई नियन्त्रण रेखा भनिदै आइएको छ ।

सोही क्षेत्रमा भारत र पाकिस्तानका दुई लाखभन्दा बढी सैनिकहरु ठल्ठूला पहाडमा राईफल, मेसिनगन, मोर्टार तथा तोपका साथ एक–अर्काका अघि उभिइरहन्छन् ।

सन् २००३ मा भारतका तत्कालिन प्रधानमन्त्री अटल बिहारी वाजपेयी र पाकिस्तानका तत्कालिन राष्ट्रपति जनरल परवेज मुशर्रफले अलिखित शान्ति सम्झौता गर्नुअघि नियन्त्रण रेखा भनिँदै आइएको क्षेत्रमा तैनाथ दुबै मुलुकका सैनिकहरु बीच गोली चल्नु तोप प्रयोग हुनु सामान्य मानिन्थ्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त शान्ति सम्झौता सम्झौता सुरु भएबाटै दबावमा थियो । तर सन् २०१३ पछि दुबै पक्षले नियन्त्रण रेखामा घातक खेल खेल्न सुरू गरे र ट्रफी प्राप्त गर्न दुश्मन सैनिकहरुलाई मार्ने तथा उनको शरिरका टुक्रा–टुक्रा गर्नमा लिप्त भए ।

आरोप–प्रत्यारोप

Global Ime bank

भारतले पाकिस्तानी सेनामाथि बिखण्डनबादी कश्मीरी र पाकिस्तानी चरमपन्थी समुहलाई सीमा क्षेत्रमा अवैध रुपमा प्रवेश गर्नका लागि संघर्ष विरामको उल्लंघन गर्ने गरेको आरोप लगाइरहन्छ ।

पाकिस्तानी सेनाले कश्मिरी विखण्डनवादीहरुलाई भारतीय सीमाबाट पाकिस्तान प्रवेश गराएर पाकिस्तान प्रशासित कश्मीरमा हतियार चलाउने प्रशिक्षण दिने गरेको भारतको दाबी छ । प्रशिक्षणपछि प्रशिक्षित चरमपन्थीहरुलाई भारतीय सुरक्षा बलसँग युद्ध लड्न कश्मीर घाटीमा पठाइने गरिएको भारतको भनाई छ ।

सीमाक्षेत्रमा घुसपैठ गराउनका लागि पाकिस्तानी सैनिकले भारतीय सीमा चौकीहरुमा अन्धाधुन्ध गोली चलाउँदा चरमपन्थीका साना–साना समुहहरुलाई नो मेन्स ल्याण्डमा भारतीय सीमापार गर्ने मौका मिल्ने गरेको भारतको दावी छ ।

भारतीय सेनाले सन् २०१७ मा पाकिस्तानले पटक पटक संघर्षविराम तोडेको बताएको छ । सन् २००३ नोभेम्बरपछि संघर्ष विराम उल्लंघन भएको यो सबैभन्दा ठूलो आंकडा हो ।

भारतको आधिकारिक तथ्यांक अनुसार संघर्ष विराम तोडीको आंकडा पछिल्लो वर्षको तुलनामा दुई गुणा बढी हो । २०१६ मा ४४९ पटक संघर्ष बिराम उल्लंघन भएको थियो भने २०१५ मा यो आंकडा ४०५ थियो । नयाँ वर्ष सुरुवात भएपछि पनि सीमा क्षेत्रमा गोली प्रहारका घटनाहरु जारी छन् ।

उता पाकिस्तानले भारतले गर्दै आएको दावी ठिक विपरित दाबी गरेको छ । पाकिस्तानले संघर्ष विराम उल्लंघनका लागि भारतीय सुरक्षा फौज जिम्मेवार रहेको दाबी गरिरहेको छ । पाकिस्तानका अनुसार भारतीय सैनिकले गतवर्ष १९ सयभन्दा बढी पटक संघर्ष विरामको उल्लंघन गरेको छ । यसवर्ष जनवरीमा नियन्त्रण रेखामा हिंसाका यस प्रकारका ७५ भन्दा बढी घटना भएको पाकिस्तानको भनाई छ ।

आरोप–प्रत्यारोपका बीच नियन्त्रण रेखामा संघर्ष विराम उल्लंघनका लागि कुन पक्ष जिम्मेवार छ भन्ने बारेमा छुट्टयाउन कठिन देखिएको बीबीसीले जनाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०७४  ०२:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC