काठमाडौं । पाल्पाको उत्तरी क्षेत्रमा पर्ने बगनासकाली गाउँपालीका ८ मा स्थित विश्वकै ठूलो मानिएको शिवमूर्ति रहेकोे स्थान महामृत्युञ्जय शिवासनधाममा यहि माघ २१ गते आईतबारदेखि फागुन २ गतेसम्म धार्मीक अनुष्ठान एवं शिवपुराण तात्विक ज्ञान महायज्ञ हुने भएको छ ।
मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको मेला आयोजक मूल समारोह समितिका संयोजक विष्णु बश्यालले जानकारी दिए ।
“५ बर्ष अगाडि राखिएको शिवको मूर्तिको लागि अहिलेसम्म मन्दिर बनाउन सकिएको छैन । संकलित रकमबाट हामीले हाल निमार्ण प्रक्रियामा रहेको मन्दीरको काम पुरा गर्ने लक्ष्य राखेको छौ भने त्यसबाहेक धर्मशाला तथा अखण्ड धुनीको स्थापना गर्ने गूरुयोजना अनुसारका कार्यहरु रहेका छन्,” संयोजक बस्यालले भने ।
११ दिनसम्म संचालन हुने महायज्ञमा तीन लाख भक्तजनको उपस्थिती रहने आयोजकको अपेक्षा छ ।