site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पशुपति क्षेत्रमा शिवरात्रिको तयारी सुरु, धुनीका लागि काठ अभाव हुँदैन : गुठी संस्थान
Sarbottam CementSarbottam Cement

काठमाडौं । आगामी फागुन १ गते पर्ने यस वर्षको महाशिवरात्रि पर्वका लागि राजधानीको पशुपतिनाथमा तयारी तिव्र पारिएको छ । विगतका वर्षहरुमा जस्तै यस वर्षको महाशिवरात्रि पनि व्यवस्थित रुपमा मनाउन विभिन्न तयारी भइरहेको गुठी संस्थानले जनाएको छ । 

गुठी संस्थान महाशिवरात्रि मूल आयोजक समिति प्रमुख लछुना शर्मा काफ्लेका अनुसार विशेषगरी भारतबाट आउने साधु बाबाहरुका लागि विशेष व्यवस्था गरिनेछ । “विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि पशुपति गुठी संस्थानले साधुबाबाहरुका लागि विशेष व्यवस्था गर्नेछ,” उनले भनिन् । विभिन्न स्थानबाट आउने नागा बाबाहरुको लागि धुनी बाल्न चाहिने काठ व्यवस्था गरिएको उनले जानकारी दिइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

विशेषगरी तराई क्षेत्रबाट विशेष काठ ल्याइएको गुठी संस्थानका काठ व्यवस्थापक चेतमान गिरिले बताए । वर्षेनी कम्तिमा पनि ४५ हजार किलो काठ शिवरात्रिको लागि  पशुपति क्षेत्रमा भित्रिने गर्दछ । तराईबाट ल्याइएको काठ पशुपति क्षेत्रका ४ वटा अखडाबाट बाँड्ने तयारी छ । शिवरात्रिका लागि धुनी जगाउन ३० हजार किलो काठ पशुपति क्षेत्रमा ल्याइसकिएको छ ।

यस्तै, पशुपतिनाथमा भारतबाट आउने साधुबाबाहरुका लागि विशेष खाना, खाजालगायत भत्ताको पनि व्यवस्था गरेको गुठी संस्थानका प्रमुख काफ्लेले बताइन् । “५ दिनसम्मको खाने बस्ने व्यवस्था गर्नुका साथै नगद खर्च दिने पनि व्यवस्था गरेका छौं । यसका लाििग २५ लाख रुपैयाँ छुट्याइएको छ,” उनले भनिन् । 

Global Ime bank

उता, पशुपति क्षेत्र विकास कोषले भक्तजनको सुविधाका लागि १० वटा सेवा प्रदायक समिति गठन गरेको छ । स्वास्थ्य, सुरक्षा, जुत्ताचप्पल संरक्षण, चन्दन, टीकाप्रसाद वितरणलगायत कामका लागि समिति गठन गरिएको हो । गत वर्ष कोषले झण्डै ७० लाख रुपैयाँ महाशिवरात्रि पर्व व्यवस्थापनका लागि खर्च गरेको थियो । 

पशुपति क्षेत्रमा महाशिवरात्रि मनाउन भारतका विभिन्न स्थानबाट साधुहरु आउने क्रम सुरु भइसकेको छ । महाशिवरात्रिका लागि यहाँ आइपुगेका साधुले आगो ताप्न र खाना पकाउन दाउरा माग गर्न थालिसकेका छन् । 

– रश्मिता माझी र प्रिज्मा जोगेठ्वा (थारू) 
(प्रशिक्षार्थी)

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १८, २०७४  १६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC