site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
माघमा धान रोप्दै मोरङ रंगेलीका कृषक
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

मोरङ । माघमा धान रोपाइँ हुन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, मोरङको हकमा भने त्यो सत्य सावित हुन्छ । मोरङको रंगेली नगरपालिका– ६ स्थित मधुवनी चोकमा माघको जाडोमा कृषकहरु धान रोपाइँमा व्यस्त छन् । सो क्षेत्रमा रहेको सयौं बिघा खेतमा अहिले कृषकहरु धान रोपिरहेका छन् ।

रंगेलीका ६५ वर्षे कृषक नारायणप्रसाद केवरतले ३५ वर्षदेखि १० बिघा खेत अधियाँमा लिएर धानखेती गरिरहेका छन् । उनका अनुसार माघमा रोपेको घुटराज नामक धान वैशाख अन्तिममा काट्न मिल्छ । उनी यो सिजनमा ६० देखि ८० मनसम्म धान उत्पादन गर्छन् । अहिले वैदेशिक रोजगारीले गर्दा खेतबारीमा काम गर्ने मजदुर नपाउने भएकाले समस्या परेको उनले बताए । 

धान रोपिसकेपछि त्यसमा हाल्ने औषधी र मल सरकारले समयमै उपलब्ध नगराउँदा आफूहरु मारमा परेको कृषकहरुको गुनासो छ । बिजुली नियमित नहुँदा पनि समस्या भएको उनीहरुको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १८, २०७४  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC