site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सर्वोच्च अदालतद्वारा सीमा स्तम्भ नेपाली भूमितिर गाडिनुको कारण माग
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्वोच्च अदालतले सीमा स्तम्भ नेपाली भूमितिर गाडिनुको कारण १५ दिनभित्र लिखित रुपमा पेश गर्न सरकारलाई आदेश जारी गरको छ । आज (बिहीबार) बसेको न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले सो आदेश दिएको हो । आदेशमा सिमा भूमि मिचिएको बारेमा सम्पूर्ण विवरण १५ दिनभित्रमा लिखित रुपमा बुझाउन नापी विभाग तथा सरकारलाई भनिएको छ ।

नेपालका तराई तथा भारतसँग जोडिएका दशगजासम्बन्धी विवादलाई तत्काल रोक्नुपर्ने आन्तरिम आदेश माग गर्दै अधिवक्ता यज्ञमणि न्यौपानेले माघ ९ गते सर्वोच्चमा रिट दायर गरेका थिए । भारतीय पक्षले पर्साको छपकैयामा नेपाली सीमा मिचेर सीमा स्तम्भ गाडेको भन्दै सर्वोच्चमा रिट दायर भएको हो । रिटमा नयाँ सीमा स्तम्भहरु गाड्ने क्रममा भारतीय पक्षले वीरगञ्जको सिर्सिया नदी क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेको दाबी गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

रिटमा प्रधानमन्त्री कार्यालय, नापी विभाग, नेपाल भारत सीमा टोलीका प्रमुखलगायतलाई विपक्षी बनाइएको थियो । सर्वोच्चले सीमा विवादमा सबै विपक्षीहरुसँग दुई साताभित्र लिखित रुपमा जवाफसमेत माग गरेको छ ।

अधिवक्ता यज्ञमणि न्यौपानेले सीमा रेखा कोर्ने कार्य तत्काल नरोकेमा देशलाई अपूरणीय क्षति हुने तथा नेपाली भूमि अतिक्रमण भई गुम्ने र सीमा क्षेत्रका परिवार भूमि एवम् राष्ट्रविहिन हुने अवस्था सिर्जना भएकाले सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (१) अनुसार आन्तरिम आदेश जारी गरी पाऊँ भन्दै रिट दर्ता गराएका थिए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १८, २०७४  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC