site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपाली अाकाशमा नयाँ रेडार आजबाट सञ्चालनमा, कसरी काम गर्छ यसले ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली हवाई आकाशमा आज (बिहीबार) बाट नयाँ रेडार सञ्चालनमा आएको छ । जापानी संस्था जाइकाको सहयोगमा ललितपुरको भट्टेडाँडामा जडान गरिएको रेडार बिहीबारबाट सञ्चालन गरिएको हो । 

“आज बिहान साढे ६ बजेबाट हामीले नयाँ रेडार प्रयोगमा ल्याएका छौं,” नेपाल नागरिक उड्ययन प्राधिकरणका परियोजना प्रमुख इन्जिनियर सञ्जिवसिंह कठायतले भने ।

कठायतका अनुसार अत्याधुनिक नयाँ रेडारले विमानको गती, उचाइ र दिशा पत्ता लगाउने छ । उनका अनुसार नयाँ रेडारले नेपाली भूभागको करिब ७० प्रतिशत भूभाग ओगट्छ । “अग्ला अग्ला हिमालेले छेक्ने बाहेकका ठाउँको करिब ७० प्रतिशत भूभाग ओगट्छ,” परियोजना प्रमुख कठायतले भने, “तर हिमालले छेक्ने लुक्ला र जोमसोम जस्ता क्षेत्रमा भने यसको सिग्नलले भ्याउँदैन । यस्ता ठाउँमा छुट्टै रेडार राख्नुपर्छ तर स्रोत र साधनका कारण त्यो तत्काल सम्भावना छैन ।”

Prabhu Bank
Agni Group
NIC Asia

जहाज कुहिरोमा हराएका बेला यो यन्त्रले जहाजको अवस्था पत्ता लगाएर ‘गाइड’ गर्दै विमानस्थलतर्फ ल्याउन सक्छ । ४४५ किलोमिटरसम्मको जहाज आज जडित रेडारको निगरानीभित्र रहन्छन् । 

यसअघि सन् १९९२ मा ललितपुरको भट्टेडाँडा र घोप्टेभिरमा विमान दुर्घटना भएपछि नागरिक उड्ययन प्राधिकरणले भट्टेडाँडामा १९९८ मा रेडार जडान गरेको थियो । उक्त रेडार पुरानो भएपछि प्राधिकरणले नयाँ जडान गरेको हो । 

Global Ime bank

जाइकाको एक अर्ब र प्राधिकरको १५ करोड लागतमा एक अर्ब १५ करोडको रेडार जडान गरिएको हो । पुरानो रेडार अहिले काम गर्ने अवस्थामा नै छ । “नयाँ रेडार जडान गरेपछि हामीले पुरानो रेडारलाई ब्याकअपका रुपमा राखेका छौं,” कठायतले भने, “आवश्यक पर्दा पुरानो रेडार हामी प्रयोग गर्नेछौं ।” एउटा रेडारले सामान्यतः १०–१२ वर्ष काम गर्ने कठायत बताउँछन् । 

के हो रेडार ? 
रेडारले रेडियो तरङमार्फत विमानको उचाइ, दिशा र गती पत्ता लगाएर सूर्यको प्रकाशको गतिमा पुनः विमानस्थलको टावरलाई जानकारी दिन्छ, जसले आकाशमा रहेको विमानको अवस्थाबारे जानकारी प्राप्त हुन्छ । निकै खर्चिलो यो प्रविधि हवाई यात्राको सुरक्षाका लागि विश्वभर नै प्रयोग गरिँदै आएको छ । सन् १९२२ मा पत्ता लागेको प्रविधि हो यो । 

सबै विमान पत्ता लगाउँछ ?
विमानमा ‘ट्रान्सपोन्डर’ नामक एक विशेष प्रकारको यन्त्र हुन्छ, जुन ‘अन’ गरिएको अवस्थामा मात्रै रेडारले विमानबारे सूचना दिन्छ । यात्रुवाहक तथा कार्गो विमानमा यो यन्त्र अन गरिएको हुन्छ, त्यसैले रेडारले जानकारी पाउँछ । तर मिलिटरीका ‘जासुसी जहाज’ ले भने ‘ट्रान्सपोन्डर’ अन गर्दैनन्, जसका कारण रेडारले थाहा पाउँदैन । अनुमति नलिएको हवाई बाटो प्रयोग गर्दा पनि यस्ता रेडारले सूचना प्रवाह गर्न सक्तैनन् । 

फाइल तस्बिर


  
 
 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १८, २०७४  १५:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC