site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

सुर्खेत, रासस । सुर्खेत प्रहरीले रु ३३ लाखसहित छजना जुवाडेलाई बुधबार बेलुका पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयको टोलीले गणेशचोकमा जुवा खेल्दै गरेका वीरेन्द्रनगर–१ बाङ्गेसिमलका ज्ञानेन्द्रबहादुर विश्वकर्मा, वीरेन्द्रनगर–३ का टीका वली तथा ज्ञानेन्द्र नेपाली, वीरेन्द्रनगर–६ का दुर्गाप्रसाद सापकोटा तथा भद्रबहादुर क्षेत्री र सवीर मियाँलाई पक्राउ गरेको हो । 
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीका अनुसार गणेशचोकस्थित नेपाल प्रहरीका भूतपूर्व असई भद्रबहादुर क्षेत्रीको घरमा जुवा खेलिरहेको अवस्थामा रु छ लाख ४९ हजार ५६० नगद र रु २६ लाख ७५ हजारका चेकसहित उनीहरू पक्राउ परेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरीले जुवाको खालबाट रु २६ लाख ७५ हजारको चेक पनि बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीका अनुसार कबाडीको ठेक्कापट्टा गर्ने बाराका सवीर मियाँको नाममा काटिएको गणेशजल सहकारीको रु १० हजार र दुर्गाप्रसाद सापकोटाका नाममा काटिएका चार वटा चेक बरामद भएका छन् । 

सापकोटाका नामका ग्लोवल आइएमई बैंकको रु पाँच लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको रु १०–१० लाखका दुई चेक र सानिमा बैंकको रु एक लाख ६५ हजारको चेक बरामद गरिएको प्रनाउ चौधरीले जानकारी दिए । । “ठाउँ परिवर्तन गर्दै खेल्ने गरेको सूचना हामीलाई प्राप्त भएको थियो”, प्रहरी निरीक्षक शंकर श्रेष्ठले भने, “निरन्तरको मेहनतपछि पक्राउ गर्न सफल भयौँ ।” प्रहरीका अनुसार यो समूह जुवा खेल्नका लागि वीरेन्द्रनगर नजिकैको जंगलमा पनि पुग्ने गरेको थियो । केही दिनअघि उत्तरी जलाधार क्षेत्रभित्रको जंगलमा जुवा खेलिरहेको सूचना पाएपछि गएको प्रहरी टोलीले तास र मदिरामात्रै फेला पारेर फर्केको थियो । 

Global Ime bank

“हामी नपुग्दै उनीहरुसम्म सूचना पुगिसक्ने भएकाले पक्राउ गर्न सकिरहेका थिएनौँ”, प्रहरी निरीक्षक श्रेष्ठले भने, “यो पटक भने सफलता हात पर्यो ।” 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १८, २०७४  १४:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC