site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं, रासस । उत्तर पश्चिम वायुको प्रभावका कारण आज पनि देशका विभिन्न भागमा बाक्लो तुवाँलो लागेको छ । 

उक्त वायुको प्रभावसँगै केही जलवास्पयुक्त हावाको समिश्रणले धुलोका कण तैरिएका कारण तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
राजधानी काठमाडौँसहित देशका मध्य र पश्चिमी पहाडी क्षेत्रमा बढी तुँवालो लागेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । उनका अनुसार बुधबारदेखि शुरु भएको यो प्रणाली अझै केही दिन जारी रहनेछ । तुवाँलोका कारण भिजिबिलिटी कम हुने हुँदा हवाई उड्डयनमा समस्या आउनाका साथै घाम कमजोर लाग्ने छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसैबीच देशको सुदूरपश्चिम भेगका कतिपय स्थानमा छिटफुट वर्षा र हिमपातको सम्भावना रहेको छ । 

उक्त क्षेत्रमा पश्चिमी वायुको सानो प्रभाव देखिएकाले एक दुई दिनभित्र बदलीसँगै हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात र छिटफुट वर्षात्को सम्भावना रहेको मौसमविद् श्रेष्ठको भनाइ छ । 
बुधबार मौसम बदली भएका कारण आज काठमाडौँको न्यूनतम तापक्रम बढेर ६.५ डिग्री सेल्सियस पुगेको छ । तुवाँलोले घाम कमजोर लागे पनि तुलनात्मक रुपमा केही तातो महसुस गरिएको छ । 

Global Ime bank

यही १४ गते आइतबार न्यूनतम तापक्रम घटेर २.३ डिग्री सेल्सियस पुगेको थियो । यसअघि गत पुस २३ गते यस वर्षकै बढी चिसो न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १८, २०७४  १४:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC