site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

रत्ननगर । सरसफाइ अभियानमा सक्रिय सामाजिक संस्था ‘वे ग्रुप’ चितवनले विकट चेपाङ बस्तीमा खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ । 

चितवनको नारायणगढका विभिन्न संघसंस्था तथा व्यवसायीबाट सहयोग संकलन गरी चेपाङ गाउँमै पुगेर सहयोग गरिएको हो । राप्ती नगरपालिका–१० स्थित चौकीडाँडाका महेन्द्र चेपाङले जाडोले कठ्याङ्ग्रिएका चेपाङलाई लत्ताकपडा उपलब्ध गराएको भन्दै संस्थाको कामको प्रशंसा गरे। 

Prabhu Bank
Agni Group
NIC Asia

‘वे ग्रुप’ले राप्ती नगरपालिका–१० स्थित नान्दार, बाँसपानी, चौकीडाँडा र इच्छाकामना गाउँलालिका–१ स्थित कोलभञ्ज्याङ, भाराङ, जाइथली, साप्रेनी र थाप्राङ गाउँका ८० घर परिवारलाई ८० बोरा चामलसहित लत्ताकपडा वितरण गरिएको समूहका सदस्य नवीन कँडेलले जानकारी दिए। 

उनीहरुले गएको शनिबार, आइतबार र सोमबार गरी तीन दिनसम्म नारायणगढका व्यवसायीबाट सहयोग जुटाएर चेपाङ बस्तीमा पु¥याइएको समूहका सदस्य शिवप्रसाद घिमिरेले जानकारी दिनुभयो । उनीहरुलाई नारायणगढको हङकङ बजार, बिग बजार, गंगोत्री बजार र मिलनरोडका केही फेन्सी व्यवसायीले आवश्यक लत्ताकपडा सहयोग गरेका थिए । 

Global Ime bank

‘वे ग्रुप’ले यसअघि गत साउनमा आएको बाढीबाट प्रभावित क्षेत्र माडीमा पनि आवश्यक भाँडाकुँडा, खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको थियो । जिल्लामा उक्त समूहले गुट्खामुक्त अभियान चलाइरहेको छ । हरेक सोमबार सरसफाइ अभियानसमेत गर्दै आएको ग्रुपका सदस्य भोजनारायण कँडेलले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १८, २०७४  ११:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC