site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सामूहिक बलात्कारको घटना लुकाउने प्रहरीलाई कानुनअनुसार कारवाहीः प्रहरी प्रमुख अर्याल
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले काठमाडौं दरबारमार्गको एक होटलमा भएको सामूहिक बलात्कारको घटना ढाकछोप गर्ने प्रहरी अधिकारीलाई कानुन बमोजिम कारवाही हुने बताएका छन् ।

दरबारमार्गमा नवनिर्मित प्रहरी भवनको उद्घाटन गर्दै महानिरीक्षक अर्यालले युवती बलात्कारका दोषीलाई कानुनी दायरामा ल्याउने र दोषीलाई नै सहयोग गर्ने प्रहरी अधिकारीलाई पनि कानुनअनुसार कारवाही गर्ने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“सामूहिक बलात्कारजस्तो जघन्य अपराधलाई ढाकछोप गर्नु सामान्य कुरा हैन, त्यसमा जो प्रहरी कर्मचारी दोषी देखिन्छन्, कारवाही भोग्न तयार भए हुन्छ,” उनले भने ।

गएको माघ ११ गते दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको थियो । घटना लुकाएर मिल्न दबाब दिएको रहस्य खुलेपछि इन्सपेक्टर लक्ष्मणसिङ ठकुरीलाई नियन्त्रणमा लिएर १ नम्बर गणमा राखिएको छ भने वृत्तका प्रमुख डीएसपी तिलक भारतीलाई अनुसन्धानकै लागी जिल्लामा तानिएको छ ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १८, २०७४  १०:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC