site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

पर्सा (रासस) । नेपालबाट भारततर्फ हुने लागुऔषध ओसार पसारमा कारोबारीहरुले गर्भवती तथा सुत्केरी महिलाको प्रयोग गरिरहेको खुलासा भएको छ । वीरगन्जको रजतजयन्ती चोकबाट साढे दश किलो चरेससहित आठमहिने शिशुकी आमालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरेपछि सो तथ्य खुलेको हो ।  

वीरगन्जको रजतजयन्ती चोकबाट चरेससहित पक्राउ परेकी आठमहिने शिशुकी आमा अपसाना खातुन, रेहना खातुन र कारोबारी भारतको विहार मोतिहार निवासी जहुर आलमलाई बुधबार सार्वजनिक गर्दै पर्साका प्रहरी उपरीक्षक गणेश रेग्मीले महिला प्रयोगबारे जानकारी दिए ।

Agni Group

उनले गर्भवती तथा सुत्केरी महिलामाथि शंका नहुने र सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले हतपती चेक जाँच नगर्ने अनुमानका आधारमा कारोबारीले नेपालबाट भारततर्फ हुने लागुऔषध ओसारपसारमा महिलाको प्रयोग गरिरहेको बताए ।

मकवानपुर जिल्लाको हेटौँडाबाट खरिद गरिएको लागुऔषधलाई सीमा कटाउन कारोबारीले रु दुईहजारदेखि अढाई हजारसम्म महिलालाई दिने गरेको अनुसन्धानबाट खुलेको उपरीक्षक रेग्मीले दाबी गरे ।

Global Ime bank

उनले पक्राउ परेका महिला विगतमा समेत चरेस ओसार्ने कार्यमा लिप्त भएको अनुसन्धानबाट खुलेको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पर्साले आयोजना गरेको पत्रकारसम्मेलनमा सुईजन्य लागुऔषध नेपाल भित्र्याउने अभियोगमा पक्राउ परेका दुईजना युवालाई समेत सार्वजनिक गरिएको थियो । रक्सौलबाट खरिद गरिएको सुईजन्य लागुऔषध नेपाल भित्र्याउने क्रममा सीमा क्षेत्रबाट पक्राउ परेका भक्तपुर अनन्तलिंगेश्वर नगरपालिका–१० निवासी रोहण खड्का र हेटौँडा उपमहानगरपालिका–१३ निवासी दीपेन्द्र खत्रीलाई सार्वजनिक गर्दै उपरीक्षक रेग्मीले पक्राउ परेका पाँचै जनाविरुद्ध लागुऔषध मुद्दा चलाउने तयारी भएको  बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १८, २०७४  ०७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC