site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
खग्रास चन्द्रग्रहण समाप्त
Sarbottam CementSarbottam Cement

काठमाडौँ (रासस)।  माघ शुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लागेको छ ।

 बेलुकी पाँच बजेर ५५ मिनेटमा चन्द्रमा उदाएकामा नेपालमा ६ बजेर ३६ मिनेटमा ईशान कोणबाट ग्रहणले छोएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

 ग्रहणको मध्यकाल सात बजेर १७ मिनेटमा भयो । आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहण सकिएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

ग्रहणका समयमा शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेकले बिहान आठ बजेर ५५ मिनेटदेखि नै खान नहुने मान्यता छ । ग्रहण लागेपछि सुत्न, हाँस्य विनोद, लगायत काम पनि गर्नु नहुने उनले बताए ।  ग्रहण निमित्तिक देवपूजा, तर्पण, श्राद्ध आदि भने गर्नु हुने शास्त्रोक्त विधान छ ।

Global Ime bank

धर्मशास्त्रीय मान्यता अनुसार आजको चन्द्रग्रहण वृष, तुला र कुम्भ राशि भएकाले मात्र हेर्न हुने समितिले स्वीकृत गरेका पंचागमा उल्लेख गरिएको छ । यी राशि भएकाले पनि खुला आँखाले ग्रहण हेर्नु हुँदैन । समितिले स्वीकृत गरेका यस वर्षका पञ्चाङ्गमा मेष राशिलाई व्यथा, वृष श्रीप्राप्ति, मिथुन क्षति, कर्कट घात, सिंह खर्च, कन्या लाभ, तुला सुख, वृश्चिक माननाश, धनु कष्ट, मकर स्त्रीपीडा, कुम्भ सुख प्राप्ति र मीन राशिकालाई चिन्ताको योग छ ।

चन्द्रग्रहणमा खग्रास, चन्द्रमा पृथ्वीको नजिक आउने (सुपर मुन) र ग्रेगोरियन पात्रो अनुसार एकै महिनामा दुई पटक पूर्ण चन्द्र देखिने ‘ब्लु मुन’ को योग परेको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।
यो दुर्लभ खगोलीय घटना १५२ वर्षपछिको पहिलो अर्थात् सन् १८६६ मार्च ३१ तारिखका दिन देखिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।
चन्द्रग्रहण अफ्रिकाका केही देशबाहेक विश्वभरबाट देखिएको सोसाइटीले जनाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १८, २०७४  ०७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC