site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । अस्पताल नै पिच्छे  फरक फरक रिर्पोट आउने क्रम बढ्दै गएकाले नेपाल चिकित्सा संघले रिर्पाेट प्रमाणपत्रमा एकरुपता ल्याउने तयारी गरेको छ । संघले स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको सहयोगमा रिर्पाेट प्रमाणपत्रमा एकरुपता ल्याउने तयारी थालेको हो ।

अस्पतालहरुले आफु खुसी जन्म, मृत्यु लगायतका विभिन्न रिर्पोट प्रमाणपत्रहरु दिँदै आएका छन् । जसले अस्पतालपिच्छे फरक फरक व्यवस्था हुँदा स्वास्थ्य क्षेत्रमा ठूलो समस्या देखिएको भन्दै यसलाई रोक्न रिर्पोट प्रमाणपत्रमा एकरुपता ल्याउन लागेको संघले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

संघले एक महिनादेखि नै यस विषयमा चिकित्सकहरुलाई तालिम दिन सुरु गरेको नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले बताए ।

उनले भने, “कुनै मानिसको मृत्यु भयो भने एउटा अस्पतलमा एक किसिमको मृत्यु प्रमाणपत्र दिन्छ, अर्को अस्पतालले अर्कै किसिमको प्रमाणपत्र दिएको पाईन्छ । यस्तोलाई रोक्न मन्त्रालय र विश्व स्वास्थ्य संगठनको सहयोगमा प्रमाणपत्रमा एकरुपता ल्याउने भएको गरेका हौं ।”

Global Ime bank

अस्पताल नै पिच्छे अलग अलग किसिमको प्रमाणपत्र बाढ्दै जाँदा अन्योल र समस्या निम्तिने भएकाले यसमा एकरुपता ल्याउन विशेष कार्यक्रम नै ल्याउन लागेको अध्यक्ष श्रेष्ठले भने । “रिर्पोटमा एकरुपता चाँडै नै ल्याईने संघले जनाएको छ ।

स्वास्थ्य क्षेत्रको सुधारका लागि संचालनमा रहेका अस्पतालहरुबाट प्रदान गरिने प्रमाणपत्रमा एक रुपता ल्याउन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नै प्रयोगमा ल्याईने संघले जनाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १७, २०७४  २२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC