site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । वाग्मती सफाइ महाअभियानलाई भगीरथ पुरस्कारले सम्मान गरिएको छ । 

अखिल विश्व गायत्री परिवारले भारतको नागपुरमा आयोजना गरेको युग सृजेता सम्मेलनको समापनका अवसरमा गत आइतबार नियमित सफाइ अभियान चलाएर देशव्यापी जागरण ल्याएको भन्दै महाअभियानलाई पुरस्कार दिइएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

महाअभियानका तर्फबाट सफाइ अभियन्ता डा राजु अधिकारीले भगीरथ पदक ग्रहण गरे । पुरस्कार भारतका गंगा सफाइ तथा परिवहन मन्त्री नीतिन गडकरीले हस्तान्तरण गरे । मन्त्री गडकरीले सफाइ महाअभियानको निरन्तरताको कामना पनि गरे। 

२०७० सालजेठ ५ गतेदेखि प्रत्येक हप्ताको शनिबार शुरु गरिएको सफाइ महाअभियान माघ २० गते शनिबार २४७ हप्ता प्रवेश गर्दैछ । महाअभियान शुरु भएपछि देशभरका नदी सफाइ गर्ने लहर चलेको छ । हाल देशभर ४५ भन्दा बढी स्थानमा सफाइ भइरहेको छ । 

Global Ime bank

सो सम्मेलनमा महाअभियानका तर्फबाट १२ अभियन्ताले भाग लिएका थिए । कार्यक्रममा नेपाल, भारत, क्यानडा, अष्ट्रेलिया, मोरिसस, भुटानलगायत देशका प्रतिनिधिको सहभागिता थियो । पुरस्कारले अभियान जारी राख्ने प्रेरणा जागेको अभियन्ता अधिकारीले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १७, २०७४  १७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC