site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौँ, रासस । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल टेलिभिजनले आफूलाई सन्तुलित र विश्वसनीय सञ्चारमाध्यमका रुपमा स्थापित गर्न सफल भएको बताएका छन् । 
नेपाल टेलिभिजनको ३३औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले भने, “संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने राज्यको अभियानमा एनटिभीले काँधमा काँध मिलाएर हिँडेको छ ।” 

प्रधानमन्त्री देउवाले एनटिभीले आफूलाई समयानुकूल परिमार्जन र परिस्कृत गर्दै देशको जेठो र पाको टेलिभिजनको रुपमा उभ्यान सफल हुनु सबैको लागि गर्वको विषय भएको बताए । 
सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संघीयताको ढाँचाअनुरुप नेपाल टेलिभिजनलाई पनि ढाल्दै जानु आजको आवश्यकता रहको भन्दै त्यसका लागि सरकारका तर्फबाट गर्नुपर्ने सबै सहयोग गर्न तयार रहेको बताए । मन्त्री बस्नेतले नेपालका सबै भूगोल र जनतासम्म नेपाल टेलिभिजनको सेवाको पहुँच पुग्ने गरी कार्ययोजना बनाउन आफूले टेलिभिजनका अध्यक्षलाई निर्देशन दिएको र त्यसका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताए । 
नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल टेलिभिजनले जनतालाई सचेत र सुसूचित गर्दै लोकतन्त्र र सामाजिक न्यायका पक्षमा संगठित गर्न खेलेको भूमिका अग्रणी रहेको बताए । 
मुलुकलाई एकताको शुत्रमा सबैलाई बाँध्न र साझा राष्ट्रियताका लागि काम अघि बढाउन नेपाल टेलिभिजनले अझ प्रभावकारी भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे । नेपाल टेलिभिजनका अध्यक्ष महेशराज दाहालले टेलिभिजनलाई आगामी साउनबाट ‘एचडी’ प्रविधिमा जाने गरी काम अघि बढाएको जानकारी दिए । 
नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोक्काले स्याटेलाईटबाट १४८ मुलुकमा नेपाल टेलिभिजन हेर्न सकिने र देशको ७२ प्रतिशत जनतासम्म यसको पहुँच पुगेको जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १७, २०७४  १६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC