site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रकाश दाहालको स्मृतिमा मुवा थाई प्रतियोगिता हुने  
Sarbottam CementSarbottam Cement

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का सुपुत्र स्वर्गीय प्रकाश दाहालको स्मृतिमा चितवनमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएको छ ।

यही माघ २८ र २९ गते भरतपुरको गेष्ट हाउस चौरमा दाहालको स्मृतिमा राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न लागिएको आयोजकले बुधबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सो अवसरमा चौथो मुवा थाई प्रतियोगिता तथा बृहत तेक्वान्दो प्रतियोगिता गरिने अल मार्सल आर्ट एकेडेमी चितवनका अध्यक्ष उत्तम गुरुङले जानकारी दिए ।

पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने प्रतियोगितामा देशभरबाट खेलाडीहरु सहभागी हुने गुरुङले बताए । थाईल्याण्डमा प्रख्यात रहेको मार्सल आर्टसम्बन्धी खेल मुवा थाईको तीन वटा संस्करण काठमाडौँ उपत्यकामा भए पनि चौथो चितवनमा गर्न लागिएको हो ।

Global Ime bank

उक्त प्रतियोगिताले मार्सल आर्ट क्षेत्रमा नयाँ आयामहरु थप्दै नयाँ प्रतिभा प्रस्फुटन गर्न मद्दत पुग्ने गुरुङले बताए । उनले भने, “प्रतियोगितामा देशभरबाट १५० भन्दा बढी खेलाडीको सहभागिता रहन्छ । पुरुषको आठ वटा तौल समूहमा र महिलाको दुई वटा तौल समूहमा प्रतिस्पर्धा गरिने छ ।”

प्रत्येक तौल समूहमा पहिलो हुने खेलाडीलाई १० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै, दोस्रो हुने खेलाडीलाई ६ हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र तथा तेस्रो हुने खेलाडीहरुलाई चार हजार रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ ।

खेलाडीहरुको खाने, बस्ने तथा ट्रयाक र सुटको व्यवस्थासमेत आयोजकले गर्ने गुरुङले जानकारी दिए । रिङमा खेलाइने मुवा थाईको आयोजना अल मार्सल आर्ट एकेडेमी चितवन र नेपाल मुवा थाई संघले संयुक्त रुपमा गरेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १७, २०७४  १६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC