site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
न्यानो कपडा पाएपछि चेपाङ समुदायको मुहारमा खुशी
Sarbottam CementSarbottam Cement

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकाको वडा नं १० स्थित चौकीडाँडाकी नम्रता चेपाङको मुहारमा खुशी छाएको छ । जाडो सुरू भएदेखि चिसोको समस्या खेप्दै आएकी उनी न्यानो कपडा पाउँदा असाध्यै खुशी भएकी छन् ।

चितवनको दुर्गम पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकाको वडा नं. १ स्थित कोलभञ्ज्याङ, भाराङ, जाइथली, साप्रेनी, थाप्राङ तथा राप्ती नगरपालिकाका नान्दार, बाँसपानी र  चौकीडाँडाका चेपाङ समुदायका ८० परिवारलाई न्यानो कपडा र जनही एक–एक बोरा चामल वितरण गरिएपछि चेपाङको मुहारमा खुशी छाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

विपन्न चेपाङ समुदायले जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको सहयोगमा प्राथमिक उपचारसमेत पाएका छन् । जाडोले कठ्यांग्रिइरहेको अवस्थामा गरिबको व्यथा बुझेर सहयोग गरेको भन्दै चौकीडाँडाका महेन्द्र चेपाङले खुशी व्यक्त गरे ।

चितवनमा दुई वर्षदेखि सरसफाइ कार्यमा सक्रिय सामाजिक समूह ‘वे ग्रुप’ले सहयोग सामग्री जुटाएको थियो । नारायणगढको हङकङबजार, बिगबजार, गंगोत्रीबजार र मिलनरोडका फेन्सी व्यवसायीहरूले आवश्यक लत्ताकपडा सहयोग गरेका थिए । सरसफाइको काममा मात्रै केन्द्रित भएको समूहले पहिलोपटक चेपाङबस्तीमा पुगेर मानवीय सहयोग गर्ने अवसर पाएको समूहका सदस्य बाबुराम आचार्य बताउँछन् ।

Global Ime bank

 जाडोमा आगोकै भर’ शीर्षकको समाचार प्रकाशित भएपछि भरतपुर तीनखोलेका विजय गुरूङ, नारायणगढका सुनचाँदी व्यवसायी अमृतसिंह विक, व्यवसायी मुक्ति सुवेदी, अष्टे«लिया बस्दै आएकी डिला कँडेल, कलेज अफ मेडिकल साइन्सेस, भरतपुरमा कार्यरत डा सुजाता पन्त, जिल्ला जनस्वास्थ्य कार्यालय चितवन र सामाजिक समूह दर्शन नेपाल युनिटले सहयोग गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १७, २०७४  १६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC