site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । महानगरीय प्रहरी कार्यालयले उपत्यकाका जिल्ला बालकल्याण समितिहरु, काठमाडौं महानगरपालिका, खोजतलास समन्वय केन्द्र १०४, बाल हेल्पलाइन १०९८ लगायत गैरसरकारी संस्थाहरुको समन्वयमा सडक बालबालिका व्यवस्थापन अभियान सञ्चालन गरेको छ । ‘बालबालिका सडकमा बस्नु पर्दैन, सडकमा बस्नु हुँदैन’ भन्ने नाराका साथ सडक बालबालिकाको उद्धार तथा व्यवस्थापनको काम भइरहेको प्रहरीले जनाएको छ ।  

बालबालिका खोजतलास समन्वय केन्द्रले पनि बालबालिकाले चिसो सडकमा रात बिताउन नपरोस् भनेर रातमा बालबालिकाहरु खोजेर उद्धार गर्ने काम गरिरहेको छ । दिनमा मात्र बालबालिकाको उद्धार गर्दा सबै बालबालिकालाई भेट्न नसकेका कारण रातमा अभियान सञ्चालन गरिएको केन्द्रले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बालबालिका खोजतलास समन्वय केन्द्रका निमित्त केन्द्र प्रमुख सन्तोषचन्द्र अधिकारीले भने, “दिउँसोको समयमा बालबालिकालाई त्यति सडकमा देख्न नसकिने कारणले गर्दा हामीले रातको समयमा खोजी कार्य सुरु गरेका हौं ।” केन्द्रले हाल दिनमा बालबालिकाहरु बस्ने ठाउँको बारेमा जानकारी लिने र रातको समयमा उद्धार  गर्न सुरु गरेको छ । 

“उद्धार गरिसकेपछि पनि कतिपय बालबालिका लुकेर भाग्ने र सडकमै बस्ने गरेका छन् । त्यसै कारणले गर्दा पनि बालबालिकाको उद्धार गर्ने क्रममा पनि हामीले एउटै बालकलाई सात पटकसम्म सडकबाट उद्धार गरेका छौं,” अधिकारीले भने । ०७३ वैशाख २७ गतेदेखि हालसम्म ७ सय ७७ बालबालिकाको उद्धार भएकोमा ७ सय २ बालक र ७५ बालिका रहेका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १७, २०७४  १६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC