site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । स्वास्थ्य मन्त्रालयले अहिलेसम्म सबैभन्दा बढी उपलब्धी बाल मृत्युदर र मातृ मृत्युदरमा हासिल गरेको पाइएको छ । मन्त्रालयले बुधबार आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रममा स्वास्थ्य मन्त्री दिपक बोहोराले पहिलाको तुलनामा बाल मृत्युदर घटेको बताए ।  । उनले भने, “अहिलेको ६ महिनामा स्वास्थ्य मन्त्रालयले विदेशी दाताको सहयोगमा मातृ मृत्युदरमा पनि कमी आएको छ भने अन्य मन्त्रालयको तुलनामा स्वास्थ्य मन्त्रालयले  धैरै नै प्रगति गरेको छ  । सरकारले भर्खरै विपन्न नागरिकलाई जिविकोपार्जन भत्ता सुरु गरेको छ । त्यो पनि हाम्रो लागि ठूलो उपलब्धी हो ।”

मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले संघीय संरचना कस्तो बनाउने छलफल भइसकेको तर जनशक्तिकोे कमीका कारण समस्या भइरहेको बताइन् । उनले भनिन्, “अझै पनि दुर्गम गाउँका जनता स्वास्थ्य सेवा लिनबाट वञ्चित छन् । यो हाम्रा लागि चुनौतिको विषय भएको छ ।”

Agni Group

मन्त्रालयका प्रवक्ता श्रीराम गिरीले गत वर्ष खोपमा ८९ प्रतिशत आत्मनिर्भर रहेकोमा अहिले ७९ प्रतिशतमा झरेको बताए । उनले भने, “मन्त्रालय र गैरसरकारी संस्थाको सहयोगमा गाउँगाउँमा गएर हामीले स्वास्थ्यको डाटा संकलन गरेका थियौं ।”

अहिले मन्त्रालयलाई ८० प्रतिशत बजेट नेपाल सरकारको र २० प्रतिशत  सहयोग विदेशी दाताको रहेको उनले बताए । मन्त्रालयले ठूला ९ वटा गैरसरकारी संस्थाको सहयोगमा काम गरिरहेको छ । मन्त्रालय र गैरसरकारी संस्थाको सयुक्त वार्षिक समिक्षा कार्यक्रम बुधबार र विहिबार चल्नेछ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १७, २०७४  १६:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC