site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । यही माघ १० गते भक्तपुरको सूर्र्यविनायकमा डकैती गरी फरार भएका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेको समूहले सूर्यविनायक गणेश चोकस्थित मनोहर बस्नेतको घरमा डेरा गरी बस्ने राम बहादुर तामाङको कोठामा रातिको समयमा पेस्तोल तथा खुकुरी देखाई ज्यान मार्ने धम्की दिँदै लुटपाट गरेका थिए । उनीहरुले परिवारका सबै सदस्यलाई हात खुट्टा डोरीले बाँधी कोठामा भएका नगद तथा सुनका गहना तथा मोबाइल लिई फरार भएका थिए । 

महानगरीय अपराध महाशाखाको टोलीले ४० वर्षिय भोज बहादुर थापा मगर, मिलन भन्ने रत्नबहादुर तामाङ, ३६ वर्षिय विष्णु भन्ने अमृत तामाङ र २६ वर्षिय सानुकान्छा ब्लोनलाई पक्राउ गरेको हो । पक्राउ परेका भोजबहादुर र मिलन गणतन्त्र दिवसको दिन जेलबाट छुटेका थिए । उनीहरुले १६ लाख ७ हजार बराबरको धनमाल लुटेको पीडितले प्रहरीमा उजुरी दिएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १७, २०७४  १४:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC