site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

खजुरा । नेपालगञ्ज विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न शुरु गरिएको छ । कालोपत्रे शुरु गर्न थालिएपछि विमानस्थलबाट साँझपख हुने सबै उडान ३५ दिनका लागि बन्द हुने भएका छन् । 

धावनमार्ग कालोपत्र गर्न दिउँसो ३ बजेदेखि बिहान ६ बजेसम्म उडान र अवतरण दुवै रोकेर काम शुरु गरिएको नागरिक उड्डयन प्राधिकरण कार्यालय नेपालगञ्जका प्रमुख प्रतापबाबु तिवारीले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार विमानस्थलको धावनमार्ग, जहाज पार्किङस्थल, ट्याक्सी वेलगायत स्थानमा एक तह थपेर कालोपत्रे गर्न लागिएको हो । धावनमार्ग मर्मत गर्नुपर्ने भएकाले सन्ध्याकालीन विमान सेवा बन्द गर्न शुरु गरिएको छ । 

धावनमार्ग कालोपत्रे गरिने भएपछि बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म मात्र विमानस्थल खुला रहनेछ । झण्डै १२ पछि विमानस्थलमा कालोपत्रे गर्न लागिएको हो । नियमानुसार पाँच र छ वर्षको अवधिमा धावनमार्ग कालोपत्रे गर्नुपर्ने छ । 

Global Ime bank

बाक्लो हुस्सुका कारण बिहानका उडान नियमित नभइरहेका बेला सन्ध्याकालीन सेवा रोकिएपछि हवाई यात्रुलाई मर्का परेको छ । यात्रुको समस्यालाई मध्यनजर गरी अहिले धावनमार्गबाहेकका स्थानमा काम शुरु गरिएको बताउँदै प्रमुख तिवारीले दिउँसोको समयले अलि फराकिलो बनाई दिउँसोसम्म दुईवटै उडान गराइने बताए । 

नेपालगञ्जको राझा विमानस्थलबाट काठमाडौँ र कर्णालीका पहाडी जिल्लामा दैनिक डेढ दर्जन उडान हुन्छन् । सामान्य अवस्थामा विमानस्थल चौबीसै घण्टा खुला रहन्छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १७, २०७४  ११:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC