site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं (रासस)। सेक्युरिटी गार्डलाई कर्तव्य गरी मारेको अभियोगमा राजधानी स्वीटमा कार्यरत मकवानपुर थाहा नगरपालिका–९ का राजन थापा क्षेत्रीलाई प्रहरीले सोमवार काठमाडौँको बाङगेमुढाबाट पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–२५ मछिन्द्र वहालमा इस्टुवेट सेक्युरीटी कम्पनीमा गार्डको काम गर्ने दोलखा शैलुङ गाउँपालिका–४ का तुलवहादुर तामाङ आइतबार बिहान घाइते अवस्थामा फेला परेको र उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर वीर अस्पतालतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो ।

घटनाबारे अनुसन्धान गर्दै जाँदा हत्यामा राजनको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मछिन्द्रबहाल चोकमा सेक्युरिटी गार्डको रुपमा काम गर्दै जाने क्रममा ड्यूटीको विषयलाई लिएर दुवैजनाबीच वादविवाद हुँदै आएकोमा आइतबार राति राजनले तुलबहादुरलाई आफू ड्यूटी गर्न आउन नसक्ने भनी जानकारी गराउन जाँदा झगडा भई रिसइवीको कारण इँटाले टाउकोमा पटक–पटक प्रहार गरी भागेको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १७, २०७४  ०७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC