site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

चितवन । नवलपरासीको पूर्वी क्षेत्रमा रहेको गैंडाकोट नगरपालिकाबाट निस्कने फोहोर सीधै नारायणी नदी किनारको जंगलमा विसर्जन गर्ने गरिएको छ ।

गैंडाकोटको बजारबाट निस्केने फोहोरलाई सीधै नदी किनारमा फाल्दा फोहोरबाट निस्कने रसायनका कारण नारायणी नदीमा बस्ने जलचरलाई समेत असर गर्ने गरेको छ ।

गैंडाकोट बजारबाट निस्कने फोहोरलाई वर्गीकरण नगरिकन नदी किनारमा फाल्ने गरिएको छ । सबै प्रकारको फोहोर नदी किनारमा फाल्दा जलचरको प्राकृतिक वासस्थानको समेत विनास हुने गरेको संरक्षणकर्मीहरु बताउँछन् ।

Agni Group

प्लाष्टिकका सामानहरु नकुहिने तथा नदीमा मिसिएपछि जलचरको वासस्थानसमेत विनाश हुने गरेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले बताए ।

“सहरको फोहोर सीधै लगेर नदी किनारमा फाल्दा त्यहाँबाट निस्कने खराब खालका रसायन पानीमा मिसिने गर्छ” खड्काले भने, “जुन रसायन पानीमा मिसिँदा जलचरलाई नकारात्मक असर पर्ने गर्दछ ।”

Global Ime bank

प्लाष्टिकजन्य बस्तु पानीमा रहेको ढुंगामा बेरिनाले त्यहाँ लेउहरु जम्न नपाउने र जैविक विविधतामा समेत असर पर्ने खड्काको भनाइ छ । साना जलचरहरुको वासस्थान नष्ट भएपछि ठूला जलचरहरुलाई समेत यसले प्रत्यक्ष रुपमा असर गर्ने खड्काले बताए ।

नदी किनारमा सहर बजारका फोहोरहरु फाल्ने परम्पराको अन्त्य गर्नुपर्ने खड्काको भनाइ छ । नवलपरासीको गैंडाकोटमात्रै नभएर नारायणगढको केही स्थानको फोहोर पनि सीधै नदीमा डम्पिङ गर्ने गरिएको छ । मानवीय कारणले प्राकृतिक सम्पदामाथि असर पर्नाले भविष्यमा मानव जीवनमा नै संकट आउनसक्ने संरक्षणकर्मीले चिन्ता प्रकट गरेका छन् ।

गैंडाकोट क्षेत्र सहरीकरण हुँदै गएपछि त्यहाँबाट निस्कने फोहोरलाई नगरपालिकाकै वडा नम्बर ९ मा पर्ने थुम्सीको जंगलमा लगेर फाल्ने गरिएको छ । पहिलेदेखि नै त्यस क्षेत्रमा फोहोर फालिएकोले यसको व्यवस्थापनको लागि नगर कार्यपालिकाले समिति बनाएर काम अगाडि बढाएको गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेल बताउँछन् ।

गैंडाकोटको फोहोर व्यवस्थापनको लागि ‘डम्पिङ साइट’ निर्माण गर्न समिति बनाएर वडा नम्बर ७ का वडाध्यक्षलाई जिम्मेवारी दिएकोले चाँडै नै गैंडाकोट क्षेत्रको फोहोर व्यवस्थापन हुने पौडेल बताउँछन् ।

नगरपालिकाले फोहोर फाल्ने ठाउँ नारायणी नदीको किनार र पूर्व पश्चिम राजमार्गको छेउमा पर्दछ । मुख्य राजमार्गसँगै जोडिएको ठाउँमा फोहोर थुपारिँदा त्यहाँबाट फैलिने दुर्गन्धले सडकमा यात्रा गर्ने यात्रुहरुलाई सकस हुने गरेको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १७, २०७४  ०६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC