site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध राष्ट्र निर्माणका लागि नागरिक स्वस्थ आवश्यक भएको बताएका छन् ।  नेपाली औषधि उत्पादन कम्पनी देउराली जनता फर्मास्युटिकल्स प्रालिको २७औँ वार्षिकोत्सवका अवसरमा उपराष्ट्रपति पुनले हरेक नागरिकको अस्वस्थ हुँदा गुणस्तरीय औषधि पाउनुपर्ने वातावरण मिलाउनुपर्ने बताए ।  

उनले भने, “देशमै पनि गुणस्तरीय औषधि उत्पादन गर्न सकेमा जनताले विश्वास गर्छन्, ४४ प्रतिशत स्वदेशमै उत्पादन भएका औषधिले दिनु यसैको उदाहरण हो ।” स्वदेशी कम्पनीले उत्पादन गरेका औषधि विदेशी बजारमा लैजानका लागि सरकारलाई भूमिका खेल्न आग्रह गर्दै उपराष्ट्रपति पुनले देउराली जनता फर्मास्युटिकल्सले आगामी दिनमा पनि गुणस्तरीयतालाई अझ ध्यान दिने विश्वास र शुभकामना व्यक्त गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

नेकपा एमालेका महासचिव तथा सांसद ईश्वर पोखरेलले देशलाई समृद्ध बनाउन सरकार, राजनीतिक दल र व्यवसायी एकाकार भएर काम गर्न आवश्यक भएको बताए । उनले भने, “सरकार एक्लैले देशलाई समृद्धितिर लैजान्छु भन्ने सम्भव छैन, त्यसका लागि सबैको एउटै ध्येय हुनुपर्छ ।” 

देशमै औषधि गुणस्तरीय उत्पादन गरी २७ औँ वर्षसम्म आइपुग्दा देउराली जनताले प्रंशसनीय काम गर्दै राज्यलाई सबैभन्दा धेरै कर बुझाउने कम्पनीका रुपमा स्थापित भएको उल्लेख गरे ।  

Global Ime bank

स्वास्थ्य सेवा विभागका महानिर्देशक नारायण ढकालले गुणस्तरीय औषधि उत्पादन गरी जनतालाई सस्तो मूल्यमा उपलब्ध गराउनेतर्फ पनि सम्बन्धित निकायको चासो हुनुपर्नेमा ध्यानाकर्षण गराए । उनले भने,  “औषधिको मूल्य समायोजन नगरी हुँदैन, स्वदेशकी कम्पनीलाई लगानी गरी स्वदेशमै औषधिमा आत्मनिर्भर गराउनाका साथै सस्तोमा गुणस्तरीय औषधि उपलब्ध गराउनु हाम्रो दायित्व हो, सरकारले यसतर्फ ध्यान दिनुपर्छ ।” 

देउराली जनता फार्मास्युटिकल्स प्रालिका कार्यकारी निर्देशक हरिभक्त जोशीले हरेक वर्ष रु २७ अर्ब बराबरको विदेशी औषधि नेपाली बजार आयात हुने गरेको उल्लेख गर्दै सरकारले नेपाली कम्पनीलाई लगानी गर्ने वातावरण बनाउन सरकारले भूमिका निर्वाह नगर्नु दुःखद भएको बताए । 

सत्ताइस वर्षअघि स्थापित नेपाली औषधि कम्पनी देउराली जनताले हाल ३२० प्रकार औषधि उत्पादन गरी बिक्री गर्दै आएको छ । कार्यकारी निर्देशक शर्माका अनुसार कम्पनीले अत्यावश्यक औषधिलगायत मुटुरोग, नसा, चर्म, मधुमेह, नेपालमा देखापर्ने सरुवा रोगको उपचारमा आवश्यक पर्ने औषधि उत्पादन गर्दै आएको जानकारी दिए ।  

कम्पनीले उत्पादन गर्ने औषधिको गुणस्तरीयताका लागि अन्तर्राष्ट्रियस्तरको प्रविधि आईओएस १४००१÷आईओएस ९००१ तथा विश्व स्वास्थ्य संगठनको जिएमपी प्रमाणीकरण गरेको छ । कम्पनीको हालको उत्पादन क्षमता झोल औषधिहरु १५ लाख लिटर, ट्याब्लेट १२ करोड गोटा, क्याब्सुल आठ करोड ५० लाख गोटा, ड्राई पाउडर÷ओआरएस ३० हजार केजी र मल्हम एक करोड ट्युब रहेको छ । नेपालमा रु ४० अर्ब बराबरको औषधि बिक्री हुँदै आएको बताइन्छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १६, २०७४  २३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC