site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
श्रद्धाञ्जली अर्पण गर्दै सहिदको सम्झना
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सहिद दिवसका दिन मङ्गलबार काठमाडौंको लैनचौरस्थित सहिद स्मारकमा ज्ञात अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहिदको सम्झना गरेका छन् ।

काठमाडौं महानगरपालिकाले आयोजना गरेको सहिद सप्ताहको अन्तिम दिन मंगलबार काठमाडौंको शान्तिबाटिकाबाट निकालिएको प्रभातफेरीमा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न मन्त्री, सचिव, प्रधान सेनापतिसहित सुरक्षा निकायका प्रमुखहरु, महानगर कार्यपालिकाका सदस्यहरु, जनप्रतिनिधिहरुसँगै सर्वसाधारणको सहभागिता रहेको थियो ।  

Prabhu Bank
Agni Group
NIC Asia

श्रद्धाञ्जली सभाबाहेक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता, स्वास्थ्य शिविर सञ्चालन साथै जनप्रतिनिधिहरुको सहभागिता रहेकोले वि.सं. २०१२ सालदेखि विद्यमान महानगरको संयोजकत्वमा मनाइँदै आएको सहिद सप्ताह  यसवर्ष केही फरक रहेकोे महानगरपालिकाले बताएको छ ।

राणा शासनको विरोध गरेको र नागरिकलाई स्वतन्त्रताको पक्षमा उक्साएको आरोपमा राणा प्रधानमन्त्री जुद्ध शमशेरले वि.सं. १९९७ माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई प्राण सजाय दिने गरेको थिए । 

Global Ime bank

वि. सं. १९९७ साल माघ १० गते शुक्रराज शास्त्री, १३ गते धर्मभक्त माथेमा र १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई फाँसी र गोलीप्रहार गरिएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १६, २०७४  १८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC