site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गंगामायाको याचना– स्वतन्त्र मर्न चाहन्छु, धेरै नतड्पाओ
Ghorahi CementGhorahi Cement

काठमाडौं । मंगलबार (आज) मुलुकभर विविध कार्यक्रम गरी सहिद दिवस मनाइँदैछ । काठमाडौँको मुटुभागमा रहेको सहिद गेटका चार सहिदहरूको मूर्तिमा माल्यार्पण गरी सम्मानभाव अर्पण गरिइहँदा वीर अस्पतालमा भने गंगामाया अधिकारी भक्कानिँदै थिइन् ।

सहिद दिवसकै दिन पारेर पत्रकार सम्मेलन गर्दै आमरण अनशन थाल्ने उनले उद्घोष गरिन् । “देशकै लागि मैले छोरा र पति गुमाएकी छु । म पनि सहिदकी आमा हुँ । कसले सुन्नुपर्ने हो सुन, अब म नमरीकन यहाँबाट बाहिर जान्न,” आँसु झार्दै उनले पत्रकार सामु भनिन् ।

“आज मेरो मूल फुटेको छ, न्याय पाइएला की भनेर केही समय चुप लागेकी थिएँ । शुभचिन्तकहरूलाई पनि नआउनु भनेकी थिएँ,” रुँदारुँदै विक्षिप्त देखिएकी उनले पत्रकार सम्मेलनमा भनिन्, “यहाँ उपस्थित पत्रकारहरूलाई साक्षी राखेर भन्छु– आजदेखि पानीसमेत नखाई अनशन बस्छु ।”

Agni Group

\"\"अनशनको सिलसिला 
२०६१ साल जेठ २४ गते तत्कालीन विद्रोही नेकपा माओवादीबाट १७ वर्षीय छोरो कृष्णप्रसाद अधिकारी मारिएपछि त्यतिबेलै उनीहरूले छविलाल पौडेल र भीमसेन पौडेलका नाममा किटानी जाहेरी दिएका थिए । तर, प्रतिवादी उपर कुनै कारवाही नभएपछि गंगामाया अधिकारी र उनका पति नन्दप्रसाद अधिकारीले २०६९ सालबाट आमरण अनुसन सुरू गरेका थिए ।

अनसनकै क्रममा २०७१ असोज ६ गते पति नन्दप्रसाद दिवंगत भएपछि उनी वीर अस्पतालको आईसीयुमै अनशनरत छिन् । उनका पतिको शव तीन वर्षदेखि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा थन्किएको छ भने गत चैतदेखि जेठो छोरो नुरप्रसाद अधिकारी पनि सम्पर्कमा छैनन् ।

Global Ime bank

\"\"यसअघि च्याउको सुप, स्लाइनमार्फत ग्लुकोज लिँदै आएकी नन्दमायाले आजबाट पुनः पानीसमेत नखाई अनशन थाल्ने उद्घोष गरेकी छन् । यो उनको ११ औँ शृंखला हो ।

“मैले मेरो बच्चा मार्ने अपराधी समातिदेओ भनेकी हुँ । न्याय नपाएपछि अनशन बाहेक मेरो विकल्प रहेन । अनशन बस्दाबस्दै पति पनि गुमाएँ । जग्गाजमिन पनि छैन, घर पनि छैन । म कहाँ जाउँ ?” उनले भनिन् ।

उनले चिकित्सकलाई स्लाइन नदिन, निगरानीसमेत नगर्न अनुरोध गरेको बताउँदै भनिन्, “बरु खुलामञ्चमा लगेर राखिदेओ तर स्वतन्त्र मर्न देऊ । उनले किटानी जाहेरी दिएका दोषी उपर कारवाही गर्न अदालतले आनाकानी गरेको भन्दै न्यायाधीशविरुद्ध पनि आक्रोश पोखिन् ।

१९ पटक सर्यो पेशी
२०७० चैत ३० गते चितवन जिल्ला अदालतमा अभियोगपत्र दर्ता भए पनि आजसम्म १९ पटक पेशी सारिएको गंगामायाले बताइन् । “मलाई न्याय दिने न्यायाधीश जन्मिनै बाँकी छ हो ? हैन भने किटानी जाहेरी दिएका अपराधीलाई समात्न पनि किन कठिनाइ ?” उनको प्रश्न थियो ।

२०७२ फागुन २७ गते पहिलोपटक पेशी तोकिएको थियो । त्यसयता २०७४ फागुन १३ सम्म १९ पटक पेशी सारिएको गंगामाया बताउँछिन् । “के यो देशमा गरिबहरूले चाहिँ न्याय माग्दा मारि नै दिनुपर्छ । गरिब भएर जन्म लिएपछि अनशनमै मरे पनि राज्यलाई केही फरक पर्दैन, होइन भने सत्तामा बसेकाहरूलाई किन दुख्दैन ?” उनले आक्रोश पोखिन् । 

पछिल्लो समय लगातार अनशनमा रहेकी गंगामायाको स्वास्थ्य अवस्था निकै कमजोर रहेको चिकित्सकले बताएका छन् । केही समयदेखि उनी ओछ्यानै थला परेकी छन् भने उठ्नसमेत अरूको सहायता चाहिन्छ ।

चौबीसै घन्टा चिकित्सकको निगरानीमा रहेकी गंगामायाले रगतसम्म नझिक्न र स्लाइनमार्फत जबरजस्ती तरल पदार्थ पेटमा नपार्न आग्रह गरेकी छन् ।

यो पनि

दुनियाँले थाहा पाऊन् पुत्र वियोगको मेरो पीडा 

गंगामायाले कहिल्यै न्याय पाउलिन् त ? 

\"\"

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १६, २०७४  १४:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC