site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भूकम्पका बेला घुँडा टेकेर गुडुल्की बस्ने मानिसमा चोटपटक कम लाग्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । २०७२ साल वैशाख १२ मा गएको गोरखा भूकम्पका बेला हडबडाएर हिडने वा केहि नगर्ने भन्दा घुँडा टेकी गुडुल्की मारी कुनै ओत लिएर बस्ने मानिसमा चोटपटक लाग्ने सम्भावना कम रहेको राजधानीमा हालै सार्वजानिक एक अध्ययनले देखाएको छ ।

गोरखा भूकम्पपछि घर संरचना भएको ठाउँमा मानवीय क्षति र चोटपटकका कारणहरु तथा तिनको न्यूनीकरण गर्ने उपायहरुको बारेमा गरिएको अध्ययनले यस्तो देखाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

भूकम्प सुरक्षा दिवसको अवसरमा “भूकम्पीय जोखिम ब्यवस्थापन तथा जोखिम न्यूनीकरण” बिषयमा  आयोजित एक राष्ट्रिय गोष्ठी कार्यक्रममा बिपद् जोखिम ब्यवस्थापन बिज्ञ तथा पूर्व शिक्षा मन्त्री डा गंगालाल तुलाधर, सेभ द चिल्ड्रेनकी निर्देशक जुली एलेन तथा  नेपाली सेनाका सहायक रथि जीत बहादुर गुरुङ्गले सयुक्त रुपमा सो सम्बन्धी एक अध्ययान रिपोर्ट सार्वजनिक गरेका हुन । 

यो अध्ययन गोरखा भूकम्पबाट अति प्रभावित १४ जिल्लाहरु मध्ये ५ जिल्लाका १० गाविसहरुका ५०० घरपरिवारहरुलाई उद्देष्यमूलक विधिमार्फत छनोट गरि सम्पन्न गरिएको हो । यस सर्वेक्षणमा ५०० घर परिवारका १ हजार ८ सय ५५ ब्यक्तिको भोगाइ र निक्र्योल समेटिएको छ ।

Global Ime bank

यस अध्ययनको मुख्य उद्देश्य घर संरचना भएको ठाउमा मानवीय क्षति र चोटपटकका कारणहरु पत्ता लगाई नेपाली जनतालाई वैज्ञानिक शिक्षा प्रदान गर्नुका साथै तदनुरुप तालिम उपलब्ध गराउन एक बैज्ञानिक आधार प्रदान गर्नु रहेको  अनुसन्धानकर्ता मार्ला पेटल तथा डा. बिष्णुहरी पाण्डेले अनुसन्धान रिपोर्ट सार्वजनिक गर्ने कार्यक्रममा बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १५, २०७४  १९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC