खेल
एजेन्सी
लण्डन । घरेलु टोलि इंग्ल्यान्डविरुद्धको टि – ट्वान्टी क्रिकेटमा श्रीलंका पराजित भएको छ । इंग्ल्यान्ड भ्रमणमा रहेको श्रीलंकाले मंगलबार राती भएको टि – ट्वान्टीमा घरेलु टोलिसंग ८ विकेटले पराजित भएको हो ।
इंग्ल्यान्डविरुद्धको एक मात्र टि – ट्वान्टी गुमाएसंगै श्रीलंकाले इंग्ल्याण्ड भ्रमण जितबिहिन सकाएको छ । यसअघि श्रीलंकाले पाच खेलको एक दिवसीय श्रृँखला गुमाएको थियो । श्रीलंकासगको पाँच एक दिवसीय श्रृँखला इंग्ल्यान्डले ३–० ले आफ्नो पक्षमा पारेको थियो ।
साउथह्याप्टनस्थित दि रोस बोउल मैदानमा श्रीलंकाले दिएको १ सय ४१ रनको लक्ष्य इंग्ल्याण्डले १७ दशमलव ३ ओभरमा मात्रै दुई विकेटको क्षतिमा भेट्टायो । इंग्ल्याण्डको जितमा जोस बट्टलर र कप्तान इयोन मोर्गान नायक भए । बट्टलरले अविजित ७३ तथा मोर्गानले पनि अविजित ४७ रन बनाए । उसका ज्यासन रोय सुन्यमा पेभेलियन फर्किए भने जेम्स भिन्सले १६ रन बनाए । श्रीलंकाका एन्जेलो म्याथ्युजले दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धा्रित २० ओभरमा अलआउट हुदै १ सय ४० रनको योगफल तयार गरेको थियो । उसका धनुश्का गुनाथिलाकाले २६, दिनेश चण्डिमलले २३ रन बनाए । त्यस्तै कुशल मेन्डिसले २१ रन जोडे । इंग्ल्याण्डका क्रिस जोर्डन र लिएम डावसनले समान तीन तीन विकेट लिए ।
प्रकाशित मिति: बुधबार, असार २२, २०७३ ०९:२९
प्रतिक्रिया दिनुहोस्