site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सरकारले जिविको पार्जन भत्ता दिन थाल्यो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले क्यान्सर रोगको उपचार गराइरहेका, मिर्गौला फेल भएर डायलासिस गराइरहेका र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीका लागि मासिक ५ हजार रुपैयाँ (जिविको पार्जन भत्ता) कार्यान्वयनमा ल्याएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार राष्ट्रिय ट्रमा सेन्टरमा पुगेर त्यहाँ र वीर अस्पतालमा उपचाररत २९ जना विरामीलाई ५ हजारका दरले चेक हस्तान्तरण गर्दै  कार्यक्रमको शुभारम्भ गरेका हुन् । प्रधानमन्त्री देउवाको हातबाट बिहीबार ट्रमा सेन्टरमा प्यारालाइसिसको उपचार गराइरहेका ६ जना, बीर अस्पतालमा क्यान्सरको उपचार गराइरहेका १२ जना र मिर्गौलाको उपचार गराइरहेका ११ जनाले जिविको पार्जन भत्ता बुझेका हुन् ।

उक्त अवसरमा प्रधानमन्त्री देउवाले भने, “जटिल रोगबाट पीडित विरामीका लागि राज्यकातर्फबाट थोरै राहत दिन भत्ताको व्यवस्था गरिएको छ । हामीले सूर्तिको कर बढाएका छौँ र त्यसैबाट उपलव्ध हुने रकमबाट यसको व्यवस्थापन गरिनेछ ।”

Prabhu Bank
Agni Group
NIC Asia

स्वास्थ्यमन्त्री दीपक बोहराले भत्ता बाढ्ने अभियान राजनीतिक नभई विशुद्ध सामाजिक भएको बताए । स्वास्थ्यमन्त्री बोहोराले भने, “सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ अनुसार रकमको व्यवस्था गरिएको भन्दै सूर्ती करकोषमा आउनुपर्ने २५ प्रतिशत रकमबाटै यसको व्यवस्थापन गरिने बताए ।” 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति प्रा.डा. गणेश गुरुङले जटिल रोेगका विरामीका लागि सरकारको तर्फबाट भएको भत्ता दिने निर्णयले विरामी र उनका आफन्तलाई थोरै भएपनि राहत महसुस भएको बताए ।

Global Ime bank

जीवन निर्वाह भत्ता कार्यक्रम देशैभर सञ्चालन गर्न प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य चौकीका प्रमुख प्रतिनिधिको हस्ताक्षर लिएर आएमा तोकिएका अस्पतालमा लिन सकिने मन्त्रालयका निमित्त सचिव विनोदमान श्रेष्ठले बताए ।

विरामीको मृत्यु भएको खण्डमा भत्ता लिएको अस्पतालमा जानकारी गराउनु पर्ने उनले बताए । 

स्वास्थ्य मन्त्रालयका उपसचिव भवनाथ खतिवडाले जिविको पार्जन भत्ताका लागि अर्थ मन्त्रालयले थप २० करोड रुपैयाँ उपलव्ध गराएको बताए ।


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०७४  १८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC