देश
काठमाडौं । १४ वर्षिय किशोरीसँग यौन गतिविधि गरेको आरोपमा पक्राउ परेका नेपाली सेनाका सेनानी (मेजर) प्रभव विक्रम शाहलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । गत पुस १४ गते बुद्धनगरस्थित आफन्तको घरमा १४ वर्षिय किशोरीसँग यौन गतिविधि गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
जबर्जस्ती करणी मुद्दाको थुनछेक बहसपछि बिहीबार जिल्ला अदालत काठमाडौंले शाहलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो ।
प्रकाशित मिति: बिहीबार, माघ ११, २०७४ १६:३६
प्रतिक्रिया दिनुहोस्