site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । सरकारले क्यान्सर रोगीको संख्या र उनीहरुको अवस्थाको बारेमा थाहा पाउन तथ्यांक संकलन गर्न सुरु गरेको छ । स्वास्थ्य मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मार्फत तथ्यांक संकलन सुरु भएको हो । 

परिषद्का अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अञ्जनीकुमार झाले पहिलो चरणमा काठमाडौँ, भक्तपुर र ललितपुरबाट तथ्यांक संकलन गर्न सुरु गरेको बताए । दोस्रो चरणमा ७७ वटै जिल्लाका प्रत्येक स्थानीय तहबाट सूचना संकलन गर्ने उनले जानकारी दिए । अध्यक्ष डा.झा भने, “क्यान्सरका बिरामी कुन समूहका कति छन् त्यसको जानकारी लिने, उनीहरुमा कस्तो प्रकारको क्यान्सर भएको हो, सरकारी सुविधा लिएको वा नलिएको, रोगको परीक्षण तथा उपचार स्वदेश अथवा विदेशका कुन स्वास्थ्य संस्थामा गराएको आदि विषयमा समेत सूचना संकलन गरिने छ ।” 

Agni Group

क्यान्सरका रोगीको सूचना संकलनले क्यान्सर निवारणका लागि अल्पकालीन तथा दीर्घकालीन रणनीति तयार गर्न तथा क्यान्सरका रोगीलाई राज्यले उपलब्ध गराउने सेवामा थप सहयोग जुटाउन महत्वपूर्ण सहयोग पुग्ने परिषद्का वरिष्ठ जनस्वास्थ्य अधिकृत विजय झाले बताए । उनले भने, “अस्पतालमा सेवा लिन आउने बिरामीको स्वास्थ्य प्रतिवेदन, स्वास्थ्य प्रयोगशालामा परीक्षण गराउने, स्थानीय गाउँपालिका र  नगरपालिकामा सहयोगका लागि जानेहरुमार्फत तथ्यांक तथा सूचना संकलन गर्ने योजना बनाएका छौं ।”

हाल विभिन्न ५० प्रकारका विधि प्रयोग गरी २ सय ३४ प्रकारका रोगका बारेमा स्वास्थ्य मन्त्रालयअन्तर्गतको व्यवस्थापन महाशाखाले अभिलेख राख्दै आएको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रक्षेपणअनुसार नेपालमा करिब २९ हजार ८ सय ९८ विभिन्न प्रकारका क्यान्सरका रोगी छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०७४  १४:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC