site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

धनगढी (रासस) । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नं ७ मा १० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय डोटीका अनुसार अल्पसंख्यक वा अपाङ्गतर्फ नेकपा (माओवादी केन्द्र)का महेशकुमार महरा र नेपाली काँग्रेसका छत्रराज जोशी, दलिततर्फ नेकपा (एमाले)का चक्रबहादुर स्नेही र काँग्रेसका शेरीराम पार्कीले उम्मेदवारी दर्ता गराएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यसैगरी खुल्लातर्फ काँग्रेसका बद्रीप्रसाद पाण्डेय, एमालेका शेरबहादुर कुँवर र माओवादी केन्द्रका हरिराम चौधरी, महिलातर्फ एमालेकी इन्दु कडरिया र कमलाकुमारी ओली, काँग्रेसकी तारादेवी भट्टले पनि आ–आफ्नो उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयका प्रमुख नन्दीराज ओझाले जानकारी दिए ।

खुल्ला र महिलातर्फ तीन/तीन जनाको उम्मेदवारी परेकाले उहाँहरु निर्विरोध निर्वाचित हुने देखिएको छ । यद्यपिको यसको आधिकारिक घोषणा हुन बाँकी रहेको छ ।

Global Ime bank

यसैगरी एक/एक जना निर्वाचित हुने अल्पसंख्यक वा अपाङ्ग र दलिततर्फ दुई/दुई जनाको उम्मेदवारी परेको छ । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठ सदस्य निर्वाचित हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०७४  ०७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC