site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । कुवेतस्थित नेपाली दुतावासले सन् २०१७ भरीमा कुवेतमा विभिन्न खाले समस्यामा परेका नेपालीलाई दुतावासमार्फत गरको सहगोग तथा उद्धारको प्रगति विवरण सार्वजनिक गरेको छ । एक प्रेस वक्तब्यमा दुतावासले भनेको छ, “विभिन्न प्रकारका समस्या एवं संकटमा परेका नेपाली घरेलु महिला कामदारहरुको समस्या समाधान, खानेबस्ने व्यवस्था, उद्धार एवं नेपाल फिर्ता पठाउने कार्य निरन्तर रुपमा गरी २४९ घरेलु कामदारलाई नेपाल फिर्ता पठाउन सफल भएका छौं ।” 

त्यसबाहेक कम्पनीक्षेत्रमा अप्ठेरोमा परेका १५५ जना नेपाली कामदारको पनि उद्धार गरी घर फर्काईएको जनाएको छ । त्यस्तै बिरामी अवस्थामा रहेका १७ जना नेपालीलाई उपचार पश्चात नेपाल फिर्ता पठाईएको विज्ञप्तिमा उल्लेख छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै गरी २०१७ मा कुवेत सरकारबाट नेपाल फिर्ता पठाउने अबस्थामा रहेका वा गैरकानुनी रुपमा कुवेतमा बस्दै आएका १८४० नेपालीलाई नेपाल फर्कन सहज बनाईदिन यात्रा अनुमतिपत्र तथा आबश्यक कागजपत्र मिलाईदिएको दुतावासले जनाएको छ । 

त्यस्तै २०१७ मै कुवेतमा १५ जना पुरुष र १६ जना महिला गरी जम्मा ३१ जना नेपाली कामदारको मृत्यु भएकोे विज्ञप्तिमा जनाईएको छ । 

Global Ime bank

२०१७ मा मृतकको शव नेपाल पठाईएको तथा ती मृतकका परिवारलाई क्षतिपूर्ति बापतको पाँच करोड २६ लाख ४३ हजार रुपैयाँ पठाईएको समेत जनाईएको छ । 

त्यस्तैगरी कुवेती कारागारमा बन्दी जिवन बिताईरहेका ७० जान नेपालीमध्ये राजदुतको पहलमा १८ जनालाई माफि दिलाइएको र त्यसमध्ये ६ जना नेपाल फर्किसकेको समेत जानकारी दिइएको छ ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १०, २०७४  २२:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC