site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सर्वोच्च अदालतद्वारा वडाध्यक्ष पक्राउ गर्नुको कारण माग
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नुवाकोटका जनप्रतिनिधि (वडाध्यक्ष) सुनबहादुर तामाङलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्च अदालतले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई आदेश दिएको छ । बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सो आदेश जारी गरेको हो । सर्वोच्चले तामाङलाई पक्राउ गर्नुको कारणबारे लिखित जवाफ पेश गर्न सीआईबीलाई आदेश दिएको छ । साथै अदालतले बन्दीलाई तीन दिनभित्र अदालतमा उपस्थित गराउन पनि भनेको छ ।

चेलिबेटी बेचबिखन आरोपमा वडाध्यक्ष तामाङ केही समयअघि पक्राउ परेका थिए । प्रहरीको अनुसन्धानमा सुनबहादुरले गाउँका २ सयभन्दा धेरै चेलीलाई बम्बई तथा दिल्लीका वेश्यालयहरुमा लगेर बिक्री गरेको खुलेको थिया । एक महिलासँग मिलेर उनी आफैंले दिल्ली र मुम्बईमा वेश्यालय पनि चलाउँदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

पक्राउ परेका तामाङलाई माघ ७ गते अदालतले धरौटीमा छाड्ने आदेश दिएको थियो । उनी ५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । लगत्तै सीआईबीले अर्को मुद्दामा अनुसन्धान गर्नुपर्ने भन्दै उनलाई पक्राउ गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १०, २०७४  १७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC