देश
काठमाडौं । कैलालीको लम्कीबाट प्रहरीले ३ थान चितुवाको छाला र ३ किलोभन्दा बढी हड्डीसहित एक जनालाई पक्राउ गरेको छ ।
क्षेत्रीय अनुसन्धान ब्युरोको टोलीले विषेश सूचनाको आधारमा बुधबार दिउँसो कालीकोट धौलाकोट नगरपालिका ६ का ३४ वर्षिय कण टमाटालाई ३ थान चितुवाको छाला र ३ किलो भन्दा बढी हड्डी सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
ब्युरोले विषेश अप्रेशन गरी बुधबार दिउँसो चिसापनीको हिमसिखर होटलबाट टमाटालाई नियन्त्रणमा लिएको हो । टमाटाले लामो समयदेखि वन्यजन्तुको कारोबार गर्दै आएको प्रहरीले जनाएको छ । पक्राउ परेका टमाटाका बारेमा थप अनुसन्धान भईरहेको नेपालगन्ज प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, माघ १०, २०७४ १६:२९
प्रतिक्रिया दिनुहोस्