site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

चितवन । लालपुर्जा र अव्यवस्थित बसोबासको समस्या झैल्दै आएका पूर्वी चितवनको रत्ननगर आसपासका सुकुम्बासी समुदायले समस्या सामाधानको लागि स्थानीय निकायसँग सहकार्य गर्ने भएका छन् ।

स्थानीय तहको निर्वाचनपछि प्राप्त अधिकार आत्मसात् गर्दै लालपुर्जा प्राप्ति र व्यवस्थित बसोबासका लागि रत्ननगर नगरपालिकालाई आवश्यक सहयोग र सचेतसमेत गराउने भएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सुकुम्बासीको अधिकारका लागि काम गर्दै आएको नेपाल सुकुम्बासी सुधार समिति, आकृति महिला बचत तथा ऋण सहकारी संस्था र लुमन्ती आवासका लागि सहयोग समूहको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

लालपुर्जा वितरणको लागि नगरपालिकालाई आग्रह गर्ने, वास्तविक सुकुम्बासीको विवरण संकलन गरी नगरपालिकालाई बुझाउने, सार्वजनिक जग्गा संरक्षणको लागि स्थानीयस्तरमा नगरपालिकालाई सहयोग गर्ने, आफ्ना समस्या जनप्रतिनिधिलाई अवगत गराउन विभिन्न कार्यक्रम गर्ने, समस्या सामधानका लागि एकजुट हुने, समुदायमा जग्गा बेचबिखनमा रोक लगाउने निर्णय भएको नेपाल सुकुम्बासीसुधार समिति रत्ननगरका अध्यक्ष फूलमान तामाङले बताए ।

Global Ime bank

“सुकुम्बासीको नाममा हुकुम्बासीले फाइदा लिइरहेको हामीले बुझेका छौं”, उनले भने, “हुकुम्बासीका कारणले गर्दा वास्तविक सुकुम्बासीले समस्या झेल्न नपरोस् भनेर लालपुर्जा वितरण र बस्ती व्यवस्थापनको लागि नगरपालिकालाई सहयोग गर्ने निर्णय गरेका हौं ।”

रत्ननगर नगरपालिकाकी प्रवक्ता सरस्वती लामाले सुकुम्बासी समस्या समाधानका लागि नगरपालिकाले कार्ययोजना बनाएर काम गरिरहेको बताइन् ।

उनले नगरपालिका र लुमन्तीको सहकार्यमा कोष निर्माण गरी आवास निर्माणको काम सुरू भइसकेको बताइन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १०, २०७४  १६:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC