site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौँ । मनाङ जिल्ला प्रशासन कार्यालयले कुनै पनि पर्यटक सम्पर्कविहीन नभएको बताएको छ । उच्च हिमाली भेग मनाङमा मंगलबार रातिदेखि नै हिमपात परेर जनजीवन कष्टकर भए पनि पर्यटकहरू सम्पर्कविहीन भने नभएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।

थोरङ्ला पासतिर केही पर्यटक अलमलिएको भए पनि बिहान ९ बजे सबैतिर सम्पर्क भएको र सबै पयर्टक सुरक्षित रहेको उनको भनाइ थियो । उनको अनुुसार मंगलबार २० विदेशी पर्यटक मनाङ पुगेका थिए । बुधबार हिमपात भएकाले अधिकांश पर्यटक लमजुङकै होटलमा बसेको उनको भनाइ थियो । 

Agni Group

“हामीले सबै ठाउँमा खबर गरेका छौँ । सबै विदेशी पयर्टकलाई सुरक्षित रहन र राख्न निर्देशन पनि दिइसकेका छौँ । सबै होटलमा सुरक्षित हुनुहुन्छ,” प्रजिअ पन्तले बाह्रखरीसँग भने ।
बिहान १० बजेसम्म अत्यधिक हिमपात भए पनि बिहान १० बजेपछि केही समय मौसमा सुधार आएको र कतिपय ठाउँमा घामसमेत लागि खुला ठाउँमा ९० प्रतिशत हिउँ पग्लिसकेको उनको भनाइ थियो ।

“खोँच र कुना कन्दरामा हिउँ पग्लन बाँकी छ,” उनले भने, “अहिले आकाश धुम्मिएकाले सबै नागरिकलाई घरबाहिर ननिस्कन आग्रह गरेका छौँ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १०, २०७४  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC