देश
काठमाडौं । भक्तपुरको सिपाडोलमा मंगलबार राति एक घरबाट १४ लाख बराबरको डकैती भएको छ ।
स्थानीय मनहरी बस्नेतको घरमा भाडामा बस्दै आएका काभ्रे ज्याम्दी गाउँपालिका–९ का राम बहादुर तामाङको कोठामा डाका समूह पसेर हतियार देखाई १४ लाख बराबरको धनमाल लुटी लगेको प्रहरीले जनाएको छ । कुखुरा व्यवसाय गर्दै आएका तामाङको घरमा करिब ८ बजेतिर डाका समूह आएर ९ थान मोबाइल, १८ तोला सुन तथा पार्किङ गरी राखेको मोटरसाईकल समेत लुटेको प्रहरीले जनाएको छ ।
घरमा घुुेको डाका समूहले धारिलो हतियार देखाएर परिवारका सदस्यलाई नियन्त्रणमा लिई हातखुट्टा बाँधेर लुटपाट गरेको प्रहरीले जानकारी दिएको छ । लुटेराको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, माघ १०, २०७४ १०:२३
प्रतिक्रिया दिनुहोस्