देश
काठमाडौं । कैलालीको गोदावरी नगरपालिकाका मेयर हरिसिँह साउदको घर नजिकै अज्ञात समूहले बाल्टिन बम विस्फोट गराएको छ ।
मंगलबार राति अज्ञात समूहले बाल्टिन बम विस्फोट गराएको कैलाली प्रहरीले जनाएको छ । बम विस्फोट कसले गरायो भन्ने बारेमा कुनै जानकारी नभएको प्रहरीले जनाएको छ । विस्फोटबाट कुनै पनि क्षति भने भएको छैन ।
निर्वाचनका बेला लगातार विस्फोट हुने गरेको भए पनि पछिल्लो समयमा भने विस्फोटका घटना रोकिएका थिए ।
प्रकाशित मिति: बुधबार, माघ १०, २०७४ १०:०५
प्रतिक्रिया दिनुहोस्